Kathmandu Press

दुर्घटनामा ट्याक्टर चालकसहित दुईको मृत्यु

उदयपुर, मंसिर २ : उदयपुरगढी गाउँपालिका–६ दनुवारबेंसीमा आज बिहान ट्र्याक्टर दुर्घटना हुँदा गम्भीर घाइते भएका चालकसहित दुईजनाको मृत्यु भएको छ भने अन्य डेढ दर्जन...
दुर्घटनामा ट्याक्टर चालकसहित दुईको मृत्यु

उदयपुर, मंसिर २ : उदयपुरगढी गाउँपालिका–६ दनुवारबेंसीमा आज बिहान ट्र्याक्टर दुर्घटना हुँदा गम्भीर घाइते भएका चालकसहित दुईजनाको मृत्यु भएको छ भने अन्य डेढ दर्जन व्यक्ति घाइते भएका छन्।

दुर्घटनामा घाइते भएका त्रियुगा नगरपालिका–९ गैरुन बस्ने ४० वर्षीय बौवा सदाको उपचारका क्रममा जिल्ला अस्पताल उदयपुरमा र ट्र्याक्टर चालक त्रियुगा नगरपालिका–१० करमगाछीका २० वर्षीय दिवस सार्कीको उपचारका क्रममा विटानगरस्थित न्यूरो अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले बताएको छ।

Hardik ivf

दुर्घटनामा गैरुनकै १६ वर्षीय सकुन सदासहित अन्य डेढ दर्जन व्यक्ति घाइते भएका छन् तीमध्ये पाँच जना गम्भीर रहेको र उनीहरुको विराटनगरमा उपचार भइरहेको छ। अन्य घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यलय उदयपुरका प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले बताए।

गाईघाटबाट जिल्लाको पश्चिमी पहाडी क्षेत्रको ताप्लीस्थित रुपाटार जाँदै गरेको प्रदेश२–०१–००१–त १०८३ नम्बरको ट्याक्टर बिहान ९ः३० बजे उदयपुरगढी गाउँपालिका–६ दनुवारबेंसीमा दुर्घटना भएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १६:५३ बजे, बिहीबार, मंसिर २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्