Kathmandu Press

अवरुद्ध त्रिवेणी–ताम्ती सडक सञ्चालन

खलंगा, मसिर २ : जुम्ला–जाजरकोट सडकको त्रिवेणी–ताम्ती खण्ड सञ्चालनमा आएको छ। गत कात्तिक पहिलो साता भएको अविरल वर्षापछि आएको बाढीले कटान गरेपछि उक्त सडकखण्ड...
अवरुद्ध त्रिवेणी–ताम्ती सडक सञ्चालन
फाइल तस्बिर

खलंगा, मसिर २ : जुम्ला–जाजरकोट सडकको त्रिवेणी–ताम्ती खण्ड सञ्चालनमा आएको छ। गत कात्तिक पहिलो साता भएको अविरल वर्षापछि आएको बाढीले कटान गरेपछि उक्त सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको थियो।

बाढीले जुम्ला–जाजरकोटको करिब २० किलोमिटर सडकमा क्षति गरेको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ। बाढीले करिब ४०० मिटर सडक कटान गरेको थियो। सडक डिभिजन जुम्लाले आफ्नै कर्मचारी परिचालन गरी डोजर भाडामा लिएर सो सडकको ट्रयाक खोल्ने काम सम्पन्न गरी सञ्चालनमा ल्याएको सडक डिभिजन जुम्लाका इञ्जीनियर सन्तोष भण्डारीले बताए।

Hardik ivf

उनले भने, ‘बीस किमी सडकमध्ये बाढीले ४०० मिटर सडक पूरै कटान गरेको थियो। मान्छे हिँड्ने बाटोसमेत थिएन। हामीले टोप्लासम्म सडकको साइडबाट ट्रयाक खोल्ने काम सकाएका छौं। अब चाँडै ग्यावियन पर्खाल निर्माण अघि बढाइनेछ।’

त्रिवेणीबाट ताम्तीसम्मको ४०० मिटर कटान भएको सडकमा ग्यावियन पर्खाल निर्माण गरिने भएको छ। कटान क्षेत्रमा ग्यावियन पर्खाल निर्माणका लागि गत आवको रु दुई करोड बचत रकमबाट ठेक्का आह्वान गरिएको छ।

भेरीखोला क्षेत्रका नागरिकको आवतजावतलाई सहज गर्न तथा खाद्यान्न ढुवानीका लागि बाढीले कटान गरेको सडक निर्माणलाई सडक डिभिजनले द्रुतगतिमा अघि बढाएको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ। 

टोप्लासम्म ट्रयाक खोल्ने काम सकिएको र अब चाँडै ग्यावियन पर्खाल निर्माण अघि बढेको छ। साथै नाग्म गमगडी सडकको १० किमी सडक कालोपत्र गर्ने काम पनि अघि बढेको कार्यालयले जनाएको छ।

प्रकाशित मिति: १६:४७ बजे, बिहीबार, मंसिर २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्