मानसरोवर जाँदै गरेका भारतीय तीर्थयात्रुको मृत्यु
रसुवा, भदाै २ : मानसरोवर जाँदै गरेकी एक भारतीय महिला तीर्थयात्रीको लेक लागेर निधन भएको छ।
लेक लागेर भारतको प्रान्त नखुलेको ५५ वर....

रसुवा, भदाै २ : मानसरोवर जाँदै गरेकी एक भारतीय महिला तीर्थयात्रीको लेक लागेर निधन भएको छ।
लेक लागेर भारतको प्रान्त नखुलेको ५५ वर्षीया अर्चना जयप्रकाश मिश्रको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता गोकर्ण थापाले जानकारी दिए।
मानसरोवर जाने क्रममा चिनियाँ भूभागमा आइतबार मिश्रको मृत्यु भएको हो। ती यात्रुको शव रसुवागढी नाकाबाट नेपाल भित्र्याइसकेकाले परीक्षणका लागि हेलिकप्टरबाट त्रिवि शिक्षण अस्पताल लाने तयारी भइरहेको प्रहरीले बताएको छ।
यसअघि मानसरोवर जानेक्रममा गत साउन महीनामा लेक लागेर दुई भारतीय तीर्थयात्रीको मृत्यु भएको थियो। साउन १ गते भारतीय नागरिक ५९ वर्षीया स्वराज्यलक्ष्मी भल्लुरु र साउन ३० गते ५३ वर्षीय उन्नीहरि एैगाडीपारम्बील को मृत्यु भएको प्रहरीले जनाएको छ। रासस











-1784808429.png)