बौलाहा कुकुरको टोकाइबाट पाँच घाइते
महेन्द्रनगर, मंसिर २ : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ मा बौलाहा कुकुरको टोकाइबाट पाँच जना घाइते भएका छन्। बुधबार राति र आज बिहान गरी कुकुरको टोकाइबाट शुक्लाफाँटा–११...
महेन्द्रनगर, मंसिर २ : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ मा बौलाहा कुकुरको टोकाइबाट पाँच जना घाइते भएका छन्।
बुधबार राति र आज बिहान गरी कुकुरको टोकाइबाट शुक्लाफाँटा–११ का २५ वर्षीय रमेश सेटी, ३२ वर्षीय लक्ष्मी नाथ, ४० वर्षीया मञ्जरी साउद, ५० वर्षीय राजबहादुर सेटी र ५५ वर्षीय रामबहादुर ऐर घाइते भएका हुन्।
स्थानीय पद्म सेटीका अनुसार घाइतेको महाकाली प्रादेशिक अस्पतालमा उपचारका लागि पठाइएको छ।
प्रकाशित मिति: १४:१० बजे, बिहीबार, मंसिर २, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार









-1788524800.jpg)

