Kathmandu Press

मंसिर १९ देखि जुम्लामा एमबिबिएस कक्षा

मंसिर १९ देखि जुम्लामा एमबिबिएस कक्षा

काठमाडौं, मंसिर २ : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा चिकित्सा शिक्षाको स्नातक तह (एमबिबिएस) अध्ययनका लागि तयारी पूरा भएको छ।

यसका लागि आवश्यक  कोठा, प्रयोगशाला र छात्रावासको व्यवस्था गरिएको र  यही मङ्सिर १९ गतेबाट कक्षा सञ्चालन हुने जनाइएको छ। 

Hardik ivf

कर्णालीमा पहिलोपटक एमबिबिएसको अध्ययन सुरुआत हुन लागेको हो। चिकित्सा शिक्षा आयोगले लिएको एकीकृत परीक्षामा उत्र्तीण भएका विद्यार्थीले अध्ययनका लागि भर्नासमेत गरिसकेको प्रतिष्ठानले जनाएको छ। प्रतिष्ठानका डिन डा रमेश भट्टराईले  १५  पूर्ण छात्रवृत्ति र पाँच  शुल्क तिरेर अध्ययन गर्ने जानकारी दिए।

प्रतिष्ठानले ३०० शय्याको अस्पतालसमेत सञ्चालनमा ल्याइसकेको छ। अस्पतालमा १० शय्याको सघन उपचारकक्ष (आइसीयु) र चार शय्याको शल्यक्रिया कक्ष रहेको छ। 

चिकित्सा शिक्षा अध्यापनका लागि प्रतिष्ठानमा ८२  विषयगत चिकित्सक छन्। प्रतिष्ठानमा यस वर्षदेखि स्नातक तहमा फार्मेसी (बी फार्मेसी), सोही तहमा नर्सिङ ९बिडिएस० पनि अध्यापन हुँदै छ। ती दुवै विषयमा २०/२० विद्यार्थी अध्ययन गर्नेछन्।

एक वर्षदेखि प्रतिष्ठानमा एमडी पाँच अध्यापन गरिरहेका छन्। यस्तै व्याचलर पब्लिक हेल्थ ९बिपीएच०, स्नातक तहमा सुत्केरीसम्बन्धी कक्षा पनि तीन वर्षदेखि सुरु भइरहेको छ। ती विषयमा २०÷२० विद्यार्थी अध्ययन गरिहेको जनाइएको छ। सरकारले कर्णालीका दुर्गम क्षेत्रमा चिकित्सा शिक्षा र स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले २०६८ मा प्रतिष्ठानको स्थापना गरेको हो।

प्रकाशित मिति: १४:०६ बजे, बिहीबार, मंसिर २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्