Kathmandu Press

‘भ्रष्टाचार र महँगी अन्त्य गरियोस्’

काठमाडौं, मंसिर २ : अखिल नेपाल किसान युनियनले महँगी र भ्रष्टाचारको अन्त्य गरी राजनीतिक स्थिरता कायम गर्नुपर्ने माग गरेको छ।युनियनले सार्वजनिक वितरण प्रणाली लागू...
‘भ्रष्टाचार र महँगी अन्त्य गरियोस्’

काठमाडौं, मंसिर २ : अखिल नेपाल किसान युनियनले महँगी र भ्रष्टाचारको अन्त्य गरी राजनीतिक स्थिरता कायम गर्नुपर्ने माग गरेको छ।

युनियनले सार्वजनिक वितरण प्रणाली लागू गर्नुपर्ने, किसान र आम उपभोक्तालाई न्यायोचित मूल्यमा दैनिक उपभोग्य खाद्य पदार्थलगायतका आवश्यक सामग्री उपलब्ध गराउनुपर्ने र मूल्य स्थिर राख्न ठोस् उपाय अपनाउन समेत माग गरेको छ।

युनियनले आज विज्ञप्ति जारी गरी किसानले उब्जाएको प्रमुख अन्नबालीको न्यायोचित मूल्य तोक्न र खरिद गर्न ठोस् व्यवस्था गर्न अनुरोध गरेको छ। 

‘किसानले उचित मूल्य नपाउने र ठगिने, उपभोक्ताले बढी मूल्य तिर्नुपर्ने तथा बिचौलियाबाट किसान र उपभोक्ता ठगिने निरन्तरको विद्यमान स्थिति अन्त्य गरियोस्,’ युनियनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। चाडबाडको मुखमा समेत खाना पकाउने ग्यासको मूल्य बढाइएको, दुई–दुईपटक पेट्रोलियम पदार्थको मूल्य बढाइएको, खाने तेल, दाल, चामललगायतको मूल्य आकासिँदा उपभोक्ता मारमा परेको युनियनले जनाएको छ।  
     
राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार बितेका तीन महिनामा घ्यू तथा तेलमा ३१.६८ प्रतिशत, माछा मासुमा १२.९३ प्रतिशत तथा दाल र गेडागुडीमा १०.७१ प्रतिशत मूल्य बढेको विज्ञप्तिमा उल्लेख छ। सम्पूर्ण बोझ किसान र आम उपभोक्ताको टाउकोमा थोपार्ने गरेकोप्रति युनियनले आपत्ति जनाएको छ। 

प्रकाशित मिति: १३:४७ बजे, बिहीबार, मंसिर २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्