Kathmandu Press

मन्त्री अनुपस्थित भएपछि विधेयक पारित भएन

काठमाडाैं, भदाै २ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादव अनुपस्थित भएपछि औद्योगिक व्यवसाय विधेयक, २०७५ पारित हुन सकेन। 

मन्त्री अनुपस्थित भएपछि विधेयक पारित भएन

काठमाडाैं, भदाै २ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादव अनुपस्थित भएपछि औद्योगिक व्यवसाय विधेयक, २०७५ पारित हुन सकेन। 

औद्योगिक व्यवसाय विधेयक, २०७५ माथि अन्तिम छलफल गरी पारित गर्ने उद्देश्यले बोलाइएको प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सोमबारको बैठक स्थगन भएको हो। 

विधेयक प्रस्तुतकर्ता उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री बैठकमा अनुपस्थित भएपछि छलफल नै नगरी स्थगन भएको समितिका सचिव कृष्णहरि खड्काले जानकारी दिए। दफावार छलफल सम्पन्न भएको उक्त विधेयक समितिबाट पारित गर्ने कार्यसूची थियो। उद्योगमन्त्री मातृकाप्रसाद यादव उपत्यका बाहिर रहेका छन्। 

मुलुकमा असल औद्योगिक वातावरण तयार गर्ने उद्देश्यले ल्याइएको सो विधेयकमाथि गगनकुमार थापा, प्रेम सुवाल, मीनबहादुर विश्वकर्मालगायत १७ सांसदको ५९ वटा संशोधन प्रस्ताव छ। 

प्रकाशित मिति: १५:३९ बजे, सोमबार, भदौ २, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्