Kathmandu Press

काठमाडौंमा अर्को साता बिजुली बस गुडाउने तयारी

काठमाडौं, भदौं २ : काठमाडौंका सडकमा अर्को सातादेखि बिजुली बस गुडाउने सुन्दर यातायात प्रालिले तयारी गरेको छ। यसको सबै तयारी पूरा भएको सुन्दर यातायातले ....

काठमाडौंमा अर्को साता बिजुली बस गुडाउने तयारी

काठमाडौं, भदौं २ : काठमाडौंका सडकमा अर्को सातादेखि बिजुली बस गुडाउने सुन्दर यातायात प्रालिले तयारी गरेको छ। यसको सबै तयारी पूरा भएको सुन्दर यातायातले जनाएको छ।

केही दिनभित्र काठमाडौं पुग्ने बिजुली बस भदौ ९ गतेदेखि संचालन गर्ने तयारी गरिएको सुन्दर यातायात प्रालिका अध्यक्ष भेषबहादुर थापाले बताए। राष्ट्रियसभा गृह वा टुँडिखेलमा विशेष कार्यक्रम गरेर बिजुली बस उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

सुन्दर यातायातले भित्र्याएका बस चिनियाँ कम्पनी बिएके ब्याट्री इन्कले निर्माण गरेका हुन्। यसमा ४० यात्रु बस्न मिल्ने गरी सिट बनाइएको छ। त्यस्तै, थप ३० यात्रुसम्म उभिएर यात्रा गर्न सक्ने गरी व्यवस्था गरिएको छ।

Hardik ivf

पहिलो चरणमा सात बस संचालन हुने जनाएको छ। रिङरोड, नारायणस्थानहुँदै चक्रपथ, भैंसेपाटी, गोंगबु बसपार्कहुँदै सल्लाघारी भक्तपुर, कलंकी ढुंगेअड्डाहुँदै नेपाल मेडिकल कलेजसम्म विद्युतीय बस सञ्चालनमा ल्याइने छ। विद्युतीय बसको संख्या बढाउँदै लगेपछि सोही अनुसार रुट कायम गरिने सुन्दर यातायात सञ्चालन समितिले जनाएको छ।

सुन्दर यातायातका विद्यतीय बस १०.५ मिटर र ८.५ मिटर लामा छन। अहिले ल्याएको एउटा बसको मूल्य एक करोड ६२ लाख परेको छ। कम्पनीले सात वर्षको वारेन्टी दिएको छ।  

गाडीको अगाडि र बीच भागमा दुइटा ढोका राखिएका छन्। दुवै ढोका ड्राइभरको कन्ट्रोलमा खोल्न तथा बन्द गर्न सकिन्छ। यात्रुहरुको सुरक्षा तथा निगरानीका लागि बसमा सात वटा सिसी क्यामेरा जडान गरिएको छ। चालकबाटै क्यामेराको निगरानी गरिनेछ।

सरकारले भाडादर नतोक्दा समस्या

सरकारले भाडा भाडादर नतोक्दा समस्या भएको सुन्दर यातायातले जनाएको छ। जसले गर्दा कति भाडा लिने भन्ने अन्योल भएको अध्यक्ष थापाले बताए।

अब समितिले भाडादर तोक्ने जनाएको छ। अन्य यातायातको भन्दा सस्तो हुने उनको भनाइ छ।

एघार बस थपिदै

सुन्दर यातयातले यो वर्षभित्र २५ वटा विद्युतिय बस सञ्चालन गर्ने तयारी गरेको छ। पहिलो चरणमा बस भित्र्याएसकेको छ। भदौ महिनाभित्र थप ११ बस ल्याउन लागिएको अध्यक्ष थापाले बताए।

यो वर्ष संचालन हुने २५ मध्ये १८ बस उपत्यकाभित्र र सात बस उपत्यका बाहिर संचालन गर्ने योजना रहेको छ। ‘काठमाडौैंभन्दा बाहिर पनि चलाउने तयारी गरेका छौं,’ अध्यक्ष थापाले भने।

ग्यारेजमै चार्ज गरिने

विद्युतीय बसको ब्याट्री चार्जका लागि सुन्दर यातायातले काठमाडौंका तीन स्थानमा चार्जिङ स्टेसन राख्ने तयारी गरेको छ। तर, सरकारले स्वीकृति नदिँदा ढिलाइ भएको छ।

सरकारले चार्जिङ स्टेसन राख्न अनुमति नदिएसम्म ग्यारेजमै चार्र्ज गर्ने व्यवस्था गरिएको अध्यक्ष थापाले बताए।

 

प्रकाशित मिति: १४:२४ बजे, सोमबार, भदौ २, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्