Kathmandu Press

नेपाल घोडचढी संघलाई अन्तर्राष्ट्रिय मान्यता

काठमाडौं, मंसिर २ : नेपाल घोडचढी संघले अन्तर्राष्ट्रिय मान्यता पाएको छ।अन्तर्राष्ट्रिय इक्वेस्टेरियन महासंघको बेल्जियमको अन्टर्पमा बसेको विशेष साधारण सभाले नेपाललाई अन्तर्राष्ट्रिय मान्यता दिने...
नेपाल घोडचढी संघलाई अन्तर्राष्ट्रिय मान्यता

काठमाडौं, मंसिर २ : नेपाल घोडचढी संघले अन्तर्राष्ट्रिय मान्यता पाएको छ।

अन्तर्राष्ट्रिय इक्वेस्टेरियन महासंघको बेल्जियमको अन्टर्पमा बसेको विशेष साधारण सभाले नेपाललाई अन्तर्राष्ट्रिय मान्यता दिने निर्णय गरेको हो। नोभेम्बर १४ देखि १७ सम्म बेल्जियममा बसेको बैठकले नेपाललाई मान्यता दिने निर्णय गरेको महासंघकी सचिव सर्बिना इबानेजले जानकारी दिइन्।

नेपाललाई अन्तर्राष्ट्रिय मान्यता दिने महासंघको निर्णयप्रति संघका अध्यक्ष रवी राजकर्णिकारले खुसी व्यक्त गरेका छन्। उनले ६ वर्षको अनवरत प्रयास सफल भएकोमा सबैलाई धन्यबाद ज्ञापन गरे।

यसका लागि गत महिना महासंघका पदाधिकारीले नेपालको भ्रमण गरेका थिए। उनीहरूले नेपाल बसाइँका क्रममा यसको सम्भावना र विकाशको पक्षबारे जानकारी लिएका थिए।

 

प्रकाशित मिति: ०८:४८ बजे, बिहीबार, मंसिर २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्