डोजर पल्टिँदा चालकको मृत्यु
दाङ, मंसिर २ : दाङको बङ्गलाचुली गाउँपालिकामा बाटो बनाउँदै गर्दा आज बिहान डोजर पल्टिँदा चालकको मृत्यु भएको छ।गाउँपालिकाका अध्यक्ष भक्तबहादुर ओलीका अनुसार रा...
दाङ, मंसिर २ : दाङको बङ्गलाचुली गाउँपालिकामा बाटो बनाउँदै गर्दा आज बिहान डोजर पल्टिँदा चालकको मृत्यु भएको छ।
गाउँपालिकाका अध्यक्ष भक्तबहादुर ओलीका अनुसार रा १ क ९१४ नम्बरको डोजर पल्टिँदा घोराही उपमहानगरपालिका–१० बुधौरा निवासी २२ वर्षीय सुनिलकुमार विकको मृत्यु भएको हो।
त्यस्तै, सहचालक बर्दियाको गुलरिया नगरपालिका–१ का २३ वर्षीय राजकुमार चौधरी सामान्य घाइते भएका छन्।
बङ्गलाचुलीको मुकुटीदेखि भ्युटावर जोड्ने सडक सफाइ गर्ने क्रममा आज बिहान ४ बजे डोजर पल्टिएको थियो। डोजर पल्टिँदा चालक विकको घटनास्थलमै मृत्यु भएको अध्यक्ष ओलीले जानकारी दिए।
प्रकाशित मिति: ०८:१० बजे, बिहीबार, मंसिर २, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार









-1788524800.jpg)

