Kathmandu Press

महाधिवेशन प्रचारका लागि देशभर मोटरसाइकल र्‍याली निकाल्दै एमाले

चितवन, मंसिर २ : नेकपा (एमाले) को १०औँ महाधिवेशनको प्रचारप्रसारका लागि देशभर मोटरसाइकल र्‍याली निकालिने भएको छ।दशौँ राष्ट्रिय महाधिवेशन प्रचार समिति संयोजक योगेश...
महाधिवेशन प्रचारका लागि देशभर मोटरसाइकल र्‍याली निकाल्दै एमाले

चितवन, मंसिर २ : नेकपा (एमाले) को १०औँ महाधिवेशनको प्रचारप्रसारका लागि देशभर मोटरसाइकल र्‍याली निकालिने भएको छ।

दशौँ राष्ट्रिय महाधिवेशन प्रचार समिति संयोजक योगेश भट्टराईले महाधिवेशनको प्रचारप्रसारका लागि देशव्यापीरुपमा जिल्ला सदरमुकाममा मोटरसाइकल र्‍याली गरिने बताए। मंसिर ७ गते र्याली निकालिने उनको जानकारी दिए।

Hardik ivf

महाधिवेशन प्रचारप्रसार सहयोग समिति चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा भट्टराईले विशेष गरी काठमाडौँ–चितवन, बुटवल–चितवन र वीरगञ्ज–चितवन लक्षित गर्दै मोटरसाइकल र्‍याली गर्ने तयारी गरिएको जानकारी दिए। उनका अनुसार मङ्सिर १० गते १२ बजे नारायणगढ जाऔँ भन्ने आह्वान गर्न र्‍याली आयोजना गर्न लागिएको हो।

बागमती, लुम्बिनी र प्रदेश २ का प्रादेशिक पार्टी र जनसङ्गठनको तहबाट ¥यालीको संयोजन हुने सो अवसरमा जानकारी दिइएको थियो।

मङ्सिर ७ देखि ९ गतेसम्म मुख्य राजमार्गमा आकर्षक स्वागतद्वार निर्माण गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो। एक जिल्ला एक स्वागतद्वार निर्माणमा जोड दिइएको उनले बताए।

मुख्यगरी पूर्व–पश्चिम÷उत्तर–दक्षिणबाट चितवनतर्फ लक्षित राजमार्ग र पालिका, मुख्य बजारमा अभियानको रुपमा यसलाई व्यवस्थित गरिने जनाइएको छ।

 

प्रकाशित मिति: ०७:१० बजे, बिहीबार, मंसिर २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्