किसानले आफ्ना उत्पादनको मूल्य निर्धारण गर्न पाउनुपर्छ : मन्त्री यादव
काठमाडाैं, मंसिर १ : कृषि तथा पशुपक्षी विकासमन्त्री महिन्द्रराय यादवले उत्पादनको मूल्य किसान आफैँले निर्धारण गर्न पाउनुपर्ने बताएका छन्। राष्ट्रिय चिया तथा कफी विकास...
काठमाडाैं, मंसिर १ : कृषि तथा पशुपक्षी विकासमन्त्री महिन्द्रराय यादवले उत्पादनको मूल्य किसान आफैँले निर्धारण गर्न पाउनुपर्ने बताएका छन्। राष्ट्रिय चिया तथा कफी विकास बोर्डले १७औँ राष्ट्रिय कफी दिवसका अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा मन्त्री यादवले कृषकले वस्तुको गुणस्तर र लागतका आधारमा मूल्य तोकेमा कृषि क्षेत्रमा विचौलियाको भूमिका गौण बन्ने बताए। उनले कफी उत्पादनमा राम्रो सम्भावना रहेकाले कृषकलाई त्यसतर्फ आकर्षित गर्न सरकारले ठूला साना व्यवसायीलाई समानरुपमा सहुलियत उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे।
कृषकका क्षति भएका बालीमा क्षतिपूर्तिको व्यवस्था गर्न स्थानीयतह, प्रदेश र सरकोर पक्षसँग समन्वय भइरहेको बताउँदै उनले कृषि बालीमा सुरक्षाको लागि बिमा गर्न आवश्यक रहेको भए पनि त्यस क्षेत्रमा बिमा कम्पनी पछि हटेकाले गाउँपालिकाबाट नै समन्वय गर्न खाँचो रहेको बताए। कफी व्यवसायमा संलग्न विभिन्न सङ्घ संस्थाका प्रतिनिधिले मुलुकको अर्थतन्त्रलाई गतिशील बनाउन सरकारले कृषकलाई सहुलियत उपलब्ध गराउनुपर्नेमा जोड दिएका थिए।










![यातायात कार्यालयमा सेवाग्राहीको भिड [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_e5165121-1783068187.jpg)

