विभिन्न २५ विधामा ‘नेपाल मिडिया अवार्ड–२०७८’ प्रदान गरिने
काठमाडौं, मंसिर १ : ड्रिम हाई नेपाल प्रा.लि. नेपालले नेपाल पत्रकार महासंघसँगको सहकार्यमा ‘नेपाल मिडिया अवार्ड–२०७८’ को आयोजना गर्ने भएको छ ।प्रा.लि. ले आगामी पौष...
काठमाडौं, मंसिर १ : ड्रिम हाई नेपाल प्रा.लि. नेपालले नेपाल पत्रकार महासंघसँगको सहकार्यमा ‘नेपाल मिडिया अवार्ड–२०७८’ को आयोजना गर्ने भएको छ ।
प्रा.लि. ले आगामी पौष २३ मा विभिन्न बिभिन्न २५ विधामा उत्कृष्ट पत्रकरिता गरिरहेका सञ्चारकर्मी र सञ्चारमाध्यमलाई समेत सम्मान गर्ने लागेको हो ।
नाकाबन्दीको प्रवाह नगरी, भुकम्पको त्रास नभनी, विश्वव्यापी कोरोना कालमा सुचना प्रवाहमा अहोरात्र खटेका सञ्चारकर्मीलाई प्रोत्साहन स्वरुप अवार्ड आयोजना गरिएको संस्थाका अध्यक्ष कमल जिसीले बताए ।
यस्तै भुगोलतर्फ सात प्रदेशबाट २/२ जना सहित नेपाली मिडियाको बिकासक्रममा उल्लेख्य योगदान पुर्याउने दुई विशिष्ट सञ्चारकर्मीलाई ‘लाइफटाइम एचिभमेन्ट’ बाट सम्मान गरिने पनि उनले बताए ।
यसरी अवार्ड वितरण गर्दा टेलिभिजन, रेडियो/एफएम, अनलाइन र पत्रकारिताका विभिन्न विद्यामा उत्कृष्ट पत्रकारलाई सम्मान गरिने बताईएको छ ।










![यातायात कार्यालयमा सेवाग्राहीको भिड [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_e5165121-1783068187.jpg)

