Kathmandu Press

तिब्बतबाट बाढी आउँदा भोटेकोशीले बगायो नेपालतर्फको बेलिब्रिज

रसुवा, भदौ २ : तिब्बतबाट भोटेकोशीमा आएको बाढीले नेपालतर्फ टिमुरेस्थित बेलिब्रिज बगाएको छ।

नेपालतर्फ खासै वर्षा नभएपनि तिब्बततिर वर्षा हुँदा ....

तिब्बतबाट बाढी आउँदा भोटेकोशीले बगायो नेपालतर्फको बेलिब्रिज

रसुवा, भदौ २ : तिब्बतबाट भोटेकोशीमा आएको बाढीले नेपालतर्फ टिमुरेस्थित बेलिब्रिज बगाएको छ।

नेपालतर्फ खासै वर्षा नभएपनि तिब्बततिर वर्षा हुँदा बाढी आएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए। प्रजिअ भण्डारीका अनुसार, राति एक्कासी भोटेकोशीमा आएको बाढीले रसुवागढी जलविद्युत आयोजनातर्फ जाने बाटोमा रहेको बेलिब्रिज बगाएको हो।

भोटेकोशी तटीय क्षेत्रका बासिन्दालाई राति नै सुरक्षित स्थानमा सर्न सूचना प्रवाह गरेकाले मानवीय क्षतिबाट जोगिएको प्रहरीले जनाएको छ। बाढीले बेलिब्रिज बगाएपछि आवतजावत बन्द भएको छ।  

त्यस्तै, भोटेकोशीमा आएको बाढीले रसुवागढी जलविद्युत आयोजनाका केही सामग्री पनि बगाएको छ। आयोजनाका अनुसार, पेनस्टक पाइप र कफर ड्यामलगायतका सामग्री बगेका छन्।

त्यस्तै, गएरातिको बाढीले टिमुरेको फोहर व्यवस्थापन गर्न बनाएको भवन पनि बगाएको छ।  

प्रकाशित मिति: ११:५१ बजे, सोमबार, भदौ २, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्