परिवार नियोजन संघमा कसजु
दाङ, मंसिर १ : नेपाल परिवार नियोजन संघकाे अध्यक्षमा हिमालयलाल कसजु निर्वाचित भएका छन्। दाङमा सम्पन्न ४१औं केन्द्रीय सभाले उनलाई निर्वाचित गरेको हो।३९...
दाङ, मंसिर १ : नेपाल परिवार नियोजन संघकाे अध्यक्षमा हिमालयलाल कसजु निर्वाचित भएका छन्। दाङमा सम्पन्न ४१औं केन्द्रीय सभाले उनलाई निर्वाचित गरेको हो।
३९ मध्ये कसजुले २३ मत ल्याउँदा उनका प्रतिद्वन्दी दिवाकर श्रेष्ठले १६ मत मात्र ल्याए। त्यसैगरी महिला सदस्यमा निर्मला गौतम रेग्मी, ज्योतिकुमारी श्रेष्ठ र सीताकुमारी राना निर्वाचित भए भने केन्द्रीय सदस्यमा अर्जुन सिग्देल, कृष्णप्रसाद पाठक, निगम श्रेष्ठ, भागिरथी भट्ट र माला न्यौपाने चयन भएका छन्।
मंगलबार र बुधबार गरी दुई दिन सञ्चालन भएको केन्द्रीय सभाले तीन वर्षका लागि नयाँ नेतृत्व चयन गरेको हो।
प्रकाशित मिति: १७:५२ बजे, बुधबार, मंसिर १, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार









-1788524800.jpg)

