चितवनको राष्ट्रिय वाणिज्य बैंकमा आगलागी
भरतपुर, भदौ २ : चितवनको भरतपुरस्थित राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालयका आगलागी भएको छ।
विद्युत सट हुँदा सोमबार बिहान बैंकमा आगलागी....

भरतपुर, भदौ २ : चितवनको भरतपुरस्थित राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालयका आगलागी भएको छ।
विद्युत सट हुँदा सोमबार बिहान बैंकमा आगलागी भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार, आगलागीमा बैंकको भूइँ तलाका सबै सामान जलेर नष्ट भएका छन्।
त्यस्तै, म्यानेजरको कार्यकक्ष पनि जलेको छ। जसले गर्दा महत्वपूर्ण कागजात पनि जलेर नष्ट भएको प्रहरीले जनाएको छ। स्थानीय वासिन्दा र सुरक्षाकर्मीले आगो नियन्त्रणमा लिएका छन्। भरतपुर महानगरपालिका र रत्ननगर नगरपालिकाको दमकल प्रयोग गरिएको थियो।
प्रकाशित मिति: ११:३१ बजे, सोमबार, भदौ २, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1784808429.png)