Kathmandu Press

लागूऔषधसहित दुईजना पक्राउ 

काठमाडौं, मंसिर १ :रुपन्देही र बाँकेबाट लागूऔषधसहित दुईजना पक्राउ परेका छन्।   रुपन्देहीको बुटवल उपमहानगरपालिका–५ नेपालगंज रोडस्थित पूर्वाञ्चल होटल एण्ड लजको कोठा नम्बर १०१ बाट...
लागूऔषधसहित दुईजना पक्राउ 

काठमाडौं, मंसिर १ :रुपन्देही र बाँकेबाट लागूऔषधसहित दुईजना पक्राउ परेका छन्।   

रुपन्देहीको बुटवल उपमहानगरपालिका–५ नेपालगंज रोडस्थित पूर्वाञ्चल होटल एण्ड लजको कोठा नम्बर १०१ बाट २७ ग्राम ८ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित नवलपरासी प्रतापपुर गाउँपालिका–५ बस्ने ३५ वर्षीय मोहमद अफ्रोज मिया लगायत दुईजनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ।

Hardik ivf

उक्त होटल एण्ड लजमा लागूऔषध ब्राउनसुगरको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो। 

बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१० ट्राफिक चोकबाट २ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित सुर्खेत गुर्वाको‍ट नगरपालिका–७ मेहलकुना बस्ने १९ वर्षीय अविशेख नेपाली लगायत ३ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ।

उक्त चोकमा खटिएको प्रहरीले उनीहरुलाई जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो।

प्रकाशित मिति: १६:२६ बजे, बुधबार, मंसिर १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्