Kathmandu Press

ट्राफिक प्रशासन तालिम सञ्चालन

काठमाडौं, मंसिर १ : राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जको तत्वावधानमा महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथमा ट्राफिक प्रशासन २२औं समूहको तालिम मंगलबारबाट सञ्चालन भएको छ।सोही महाशाखाका...
ट्राफिक प्रशासन तालिम सञ्चालन
Hardik ivf

काठमाडौं, मंसिर १ : राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जको तत्वावधानमा महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथमा ट्राफिक प्रशासन २२औं समूहको तालिम मंगलबारबाट सञ्चालन भएको छ।

सोही महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले तालिम उद्‌घाटन गर्दै संगठनको उद्देश्य बमोजिम संचालित तालिममा प्रशिक्षार्थीहरुले ट्राफिक प्रहरीले गर्नुपर्ने व्यावसायिक कामको बारेमा आवश्यक ज्ञान हासिल गर्न उत्साहित, इच्छुक, लगनशील र अनुशासित हुनुपर्ने बताए।

कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले ३५ दिन कार्यअवधिको उक्त तालिममा प्रहरी नायव निरीक्षक ११ जना र प्रहरी सहायक निरीक्षक २९ जना गरी जम्मा ४० जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको जानकारी दिए।

प्रकाशित मिति: १६:२३ बजे, बुधबार, मंसिर १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्