Kathmandu Press

मध्यपुरथिमिमा रातिभर महाकाली नाच (फोटो फिचर)

भक्तपुर, भदौ २ : मध्यपुरथिमि नगरपालिकाको नगदेशमा महाकाली नाच सुरू भएको छ। महाकाली देवी प्रकट हुने जनविश्वासका साथ राति नाच प्रदर्शन गरिन थालेको हो।

मध्यपुरथिमिमा रातिभर महाकाली नाच (फोटो फिचर)
रिवाज राई

भक्तपुर, भदौ २ : मध्यपुरथिमि नगरपालिकाको नगदेशमा महाकाली नाच सुरू भएको छ। महाकाली देवी प्रकट हुने जनविश्वासका साथ राति नाच प्रदर्शन गरिन थालेको हो।

यो नाच हरेक रात चार घण्टा नगदेशको च्वें त्वाः गाः, कुमालाछी, छ्वास त्वाः, नृत्यनाथ, लाछी टोलमा प्रदर्शन गरिने नाचका गुरु भक्तबहादुर घजूले जानकारी दिए। त्यस्तै, बाहः ननीस्थित उःननी र थःननी, झ्वापुननी, क्वें त्वाः गाः, पुखुसि, नृत्यनाथ, च्वे त्वाः गा, छ्वास त्वाः र उःननीमा महाकालीको सम्पूर्ण नाच प्रदर्शन गरिने छ।

महाकाली देवी प्रकट हुने जनविश्वासका साथ महाकालीलगायत देवीदेवताको मुकुण्डो लगाएर तान्त्रिक विधि पूरा गरी नाचिने यो नाचलाई महाकाली जागा भएर भूतप्रेत, राक्षस र अनिष्टलाई हटाउने गरेको जनविश्वास रहेको छ।

महाकाली नाचमा महाकाली एक, महालक्ष्मी एक, कुमारी एक, सिंह एक, बेता चार, भूत भैरव दुई, कवां दुई, ख्याक दुई, माकः (बाँदर) दुई, म्ह्यखा एक र महिषाशुर दैत्य एक गरी १८ जनाको समूहमा नाच नाचिने परम्परा रहेको गुरु घजूले जानकारी दिए।

यो नाचमा वाद्यवादन समूहसमेत गरी ५० भन्दा बढी कलाकारको सक्रिय सहभागिता रहने गर्दछ । नाचमा मुहाली बाजा, नायखिँ, धाँ बाजा, तः, मृदङ, भुस्याय्, छुस्याय्लगायतको बाजालगायत विभिन्न २१ वटा तालमा नाच नाच्ने गरिन्छ ।

नाचमा एकताल, दुताल, चौताल, परताल, ब्रह्मताल, अष्ट्राताल, बौतय्गु ताल, दैत्यसम्हार तालमा पूरै कलाकार सहभागी गराएर मृदङ, मूहाली, ताः, बौ, धा, भूस्या, नायखी, छुस्याय्लगायतका बाजा बजाएर महाकालीको एकल नाच, महालक्ष्मीको एकल नाच, कुमारीको एकल नाच प्रदर्शन गरिन्छ।

प्राचीनकालमा मध्यपुरथिमि क्षेत्रका बासिन्दालाई भूतप्रेत, पिसाचले दुःख हाहाकार मच्चाएका थिए । त्यसबाट मुक्ति पाउनका लागि विभिन्न नाच प्रदर्शन गरिएको भनाइ छ।

प्रकाशित मिति: ११:०३ बजे, सोमबार, भदौ २, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्