Kathmandu Press

छुट्टाछुट्टै दुर्घटनामा चारको मृत्यु 

काठमाडौं, मंसिर १ : छुट्टाछुट्टै स्थानमा भएका सावारी दुर्घटनामा चारजनाको मृत्यु भएको छ।काठमाडौं महानगरपालिका–१४ कलंकी खसीबजारस्थित सडकमा प्र३–०१–००५ ख ९३०० नम्बरको बसले प्र।३(०२(०१४ प...
छुट्टाछुट्टै दुर्घटनामा चारको मृत्यु 

काठमाडौं, मंसिर १ : छुट्टाछुट्टै स्थानमा भएका सावारी दुर्घटनामा चारजनाको मृत्यु भएको छ।

काठमाडौं महानगरपालिका–१४ कलंकी खसीबजारस्थित सडकमा प्र३–०१–००५ ख ९३०० नम्बरको बसले प्र।३(०२(०१४ प ७४६३ नम्बरको स्कुटरलाई मंगलबार दिउँसो ठक्कर दिँदा स्कुटरमा सवार २ जनाको मृत्यु भएको छ।

Hardik ivf

मृत्यु हुनेहरुमा स्कुटर चालक ३५ वर्षीय राम बहादुर आचार्य र स्कुटरमा सवार ललितपुर इमाडोल बस्ने ५२  वर्षीय यादव कुँवर रहेका छन्। ठक्करबाट गम्भीर घाइते भएका उनीहरुको बयोधा अस्पताल बल्खुमा उपचारको क्रममा मृत्यु भएको हो। 

रामेछापको लिखुतामाकोशी गाउँपालिका–१ बसेरीस्थित सडकमा ना६त ७२८४ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट करिब ५५ मिटर तल खसेर मंगलबार साँझ दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही ठाउँ बस्ने ५४ वर्षीय उद्दव राज पौडेलको घटनास्थलमै मृत्यु भएको छ।

साथै दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवार  अन्य २ जनालाई उपचारको लागि जिल्ला अस्पताल पठाइएको छ्। ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

मकवानपुरको हेटौंडा उपमहानगरपालिका(९ हनुमानगेट नजिक सकडमा ना३च ११९३ नम्बरको गाडीले ना३४प ६०४४ नम्बरको मोटरसाइकललाई मंगलबार राति ठक्कर दिँदा मोटरसाइकल चालक हाल नाम, थर, वतन नखुलेका करिब ३५ वर्षीय पुरुषको मृत्यु भएको छ।्

दुर्घटनामा गम्भीर घाइते भएका उनको हेटौंडा अस्पतालमा उपचरको क्रममा मृत्यु भएको हो। गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

प्रकाशित मिति: १५:५९ बजे, बुधबार, मंसिर १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्