तास खेलिरहेको अवस्थामा १९ जना पक्राउ
काठमाडौं, मंसिर १ : देशका विभिन्न स्थानबाट तास खेलिरहेको अवस्थामा १९ जना पक्राउ परेका छन्। बर्दियाको मधुवन नगरपालिका–६ बुद्ध नगर बस्ने झक्कु सुनारको घरमा तास...
काठमाडौं, मंसिर १ : देशका विभिन्न स्थानबाट तास खेलिरहेको अवस्थामा १९ जना पक्राउ परेका छन्।
बर्दियाको मधुवन नगरपालिका–६ बुद्ध नगर बस्ने झक्कु सुनारको घरमा तास खेलिरहेको अवस्थामा ६ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ। उनको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ९१ हजार ९ सय ५५ रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो।
नवलपरासी (पूर्व) को देवचुली नगरपालिका–१२ गैडी बस्ने होमराज गिरीको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ५२ वर्षीय चित्रबहादुर काफ्ले लगायत पाँचजनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ।
उनको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) बाट खटिएको प्रहरीले उनीहरुलाई नगद ९७ हजार ३ सय १० रुपैयाँ र २ बुक तास सहित पक्राउ गरेको हो।
कास्कीको पोखरा महानगरपालिका–४ कालिमाटी चोकस्थित रामकुमारी पराजुलीको मझेरी खाजा घरमा तास खेलिरहेको अवस्थामा सोही महानगरपालिका– ५ बस्ने धादिङ घर भएका ५० वर्षीय मोहन थापा मगर लगायत ८ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ।
उक्त खाजा घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ४ हजार ३ सय ६० रुपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।
यी दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।










![यातायात कार्यालयमा सेवाग्राहीको भिड [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_e5165121-1783068187.jpg)

