Kathmandu Press

कटुवा पेस्तोलसहित पक्राउ 

कटुवा पेस्तोलसहित पक्राउ 
Hardik ivf

रुपन्देही, मंसिर १ : तिलोत्तमा नगरपालिका–१४ दुर्गानगरबाट १ थान कटुवा पेस्तोल सहित सोही नगरपालिका बिन्दुनगर बस्ने २८ वर्षीय सन्दिप थापालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ। 

उक्त स्थानमा पेस्तोल लिएर हिँडिरहेको भन्ने सूचना प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय भैरहवा र प्रहरी चौकी चिल्हियाबाट खटिएको प्रहरीले उनलाई उक्त हतियार सहित फेला पारी पक्राउ गरेको हो ।  

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ।
 

प्रकाशित मिति: १२:३२ बजे, बुधबार, मंसिर १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्