आँखाको निःशुल्क शल्यक्रिया

फुङ्लिङ, मङ्सिर १ : नेत्र ज्योति संङ्घ ताप्लेजुङ, सेवा फाउन्डेसन काठमाडौं र इटहरी आँखा अस्पतालको प्राविधिक सहयोगमा फुङ्लिङ नगरपालिको आयोजनामा सञ्चालित तीन दिने निःशुल्क आँखा शिविरमा ६४ जनाले निःशुल्क आँखाको शल्यक्रिया गराएका छन्।
डोङ्गला आँखा उपचार केन्द्र ताप्लेजुङमा सञ्चालित शिविरको सहयोगी संस्थाका रुपमा सानिमा बैंक रहेको केन्द्रका इन्चार्ज काजिमान गुरुङले बताए।
आँखाको उपचार गर्न दुई–तीन दिन लगाएर विभिन्न दुर्गम गाउँहरुबाट आँखा उपचार केन्द्रमा आएर निःशुल्क सेवा लिएको केन्द्रले जनाएको छ।
प्रकाशित मिति: १२:२९ बजे, बुधबार, मंसिर १, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![यातायात कार्यालयमा सेवाग्राहीको भिड [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_e5165121-1783068187.jpg)

