Kathmandu Press

अखिल शुभकामना साँझ हुँदै

काठमाडौं, मंसिर १ : एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले आज विभिन्न चाडपर्व र पार्टीको दसौं राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा अखिल शुभकामना साँझ आयोजना गर्दैछ।एमालेका अध्यक्ष केपी...
अखिल शुभकामना साँझ हुँदै

काठमाडौं, मंसिर १ : एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले आज विभिन्न चाडपर्व र पार्टीको दसौं राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा अखिल शुभकामना साँझ आयोजना गर्दैछ।

एमालेका अध्यक्ष केपी ओलीले कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा उद्घाटन गर्ने कार्यक्रममा लोकप्रिय कलाकार प्रितम आचार्य, जीवन शर्मालगायतको प्रस्तुति रहने अनेरास्ववियुका महासचिव समिक बडालले जानकारी दिए।

कार्यक्रममा प्रमोद खरेल, मनोज गजुरेल, बद्री पङ्ज्ञेनी, अस्मिता अधिकारी, जितु नेपाल, शिशिर योगी, राजाराजेन्द्र पौडेल, पुरुषोत्तम भण्डारी, लक्ष्मण गाम्नागे, प्रिया भण्डारी, अमृत खाती, बैकुण्ठ दाहाल, अस्मिन घिमिरेलगायत कलाकार र स्रष्टाका प्रस्तुति हुनेछन्।

सो सङ्गठनका कोषाध्यक्ष कोषाध्यक्ष जेनिश लामाले अनेरास्ववियुलाई आर्थिक रूपमा बलियो बनाउन रचनात्मक क्रियाकलापमार्फत कोष निर्माण गरिने बताए।

प्रकाशित मिति: १२:२३ बजे, बुधबार, मंसिर १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्