भारतीय विदेशमन्त्री एस. जयशङ्कर बुधबार नेपाल आउँदै
काठमाडौं, भदौ १ : भारतीय विदेशमन्त्री एस. जयशङ्कर साउन ४ गते नेपाल भ्रमणमा आउने भएका छन् ।
नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन विदेशमन्त्री जयश....

काठमाडौं, भदौ १ : भारतीय विदेशमन्त्री एस. जयशङ्कर साउन ४ गते नेपाल भ्रमणमा आउने भएका छन् ।
नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन विदेशमन्त्री जयशंकर नेपाल आउन लागेका हुन् । संयुक्त आयोगको बैठक साउन ४ र ५ गते काठमाडौंमा बस्दै छ ।
बैठकको अध्यक्षता परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतीय समकक्षी जयशंकरले संयुक्त रुपमा गर्नेछन् । बैठकमा द्वीपक्षीय सम्बन्धका साथै आर्थिक, व्यापार तथा पारवहन, उर्जा, जल, शिक्षा लगायतका क्षेत्रमा सहकार्यबारे छलफल हुने कार्यसूची छ ।
उक्त भ्रमणका क्रममा भारतीय विदेशमन्त्री जयशंकरले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि भेट्ने कार्यक्रम रहेका परराष्ट्र मन्त्रालयले जनाएको छ ।
करिब दुई महिनाअघि भारतकाे विदेशमन्त्री भएका उनी मन्त्रीकाे हैसियतमा पहिलाेचाेटी नेपाल आउँन लागेका हुन् । उनी भारतका पूर्व विदेश सचिव पनि हुन् । ०७२ सालमा संविधानसभाले संविधान पारित गरिसकेपछि राष्ट्रपतिबाट जारी हुनुअघि त्यसलाई राेक्न माेदी सरकारकाे विशेष दूत भएर उनी नेपाल आएका थिए ।











-1784808429.png)