Kathmandu Press

ब्राजिल र अर्जेटिनाले खेले बराबरी, उरुग्वेको छनोट यात्रा कठीन

काठमाडाैं, मंसिर १ : कतार विश्वकपको दक्षिण अमेरिकी छनोटमा दुई पावरहाउ टिम ब्राजिल र अर्जेन्टिनाले बराबरी खेलेका छन्। बुधबार बिहान भएको खेलमा ब्राजिल...
ब्राजिल र अर्जेटिनाले खेले बराबरी, उरुग्वेको छनोट यात्रा कठीन

काठमाडाैं, मंसिर १ : कतार विश्वकपको दक्षिण अमेरिकी छनोटमा दुई पावरहाउ टिम ब्राजिल र अर्जेन्टिनाले बराबरी खेलेका छन्। बुधबार बिहान भएको खेलमा ब्राजिल र अर्जेन्टिनाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्।

यो बराबरीसँगै दुवै टिमले विश्वकप छनोटमा आफ्नो अपराजित यात्रालाई १३ खेलसम्म नियरन्तरता दिएका छन्। अपराजित ब्राजिल यसअघि नै विश्वकपमा छनोट भइसकेको छ अर्जेन्टिना पनि छनाेट भएकाे छ। अर्जेन्टिना घरेलु मैदानमा ब्राजिलसँग गोलरहित बराबरीमा रोकिएको हो।

स्टार खेलाडी नेयमारबिना मैदान उत्रिएको ब्राजिलले कप्तान लिओनल मेस्सीसहितको अर्जेन्टिनालाई रोक्न सफल भयो । अर्जेन्टिना बल पोसेसनमा बलियो देखिएपनि गोल भने गर्न असफल भयो । खेलमा दुवै टिमले समान ९ सट प्रहार गरेका थिए, जसमा अर्जेन्टिाको ३ सट फ्रेममा थियो भने ब्राजिलले २ सट मात्र फ्रेममा प्रहार गर्न सक्यो।

बराबरीसँगै ब्राजिलले १३ खेलबाट ३५ अंक जोड्दै शीर्ष स्थानमा छ । अर्जेन्टिनाको १३ खेलमा २९ अंकसहित दोस्रो स्थानमा छ । इक्वेडर १४ खेलमा २३ अंकसहित तेस्रो तथा समान खेलमा कोलोम्बिया १८ अंकसहित चौथो स्थानमा छ ।

यसैगरी बुधबार बिहानै भएको अर्को खेलमा उरुग्वे पारजित भएको छ । उरुग्वे बोलिभियासँग ३–०ले पराजित भयो । यो पराजयसँगै उरुग्वेको विश्वकप छनोट यात्रा कठीन बनेको छ।

छनोटमा खराब प्रदर्शन गरिरहेको उरुग्वेको लागतार चौथो हार हो भने समग्रमा छैठौं हार हो। यसअघि ऊ अर्जेन्टिनासँग ३–० र १–० तथा ब्राजिलसँग ४–१ले पारजित भएको थियो । १६ अंक जोडेको उरुग्वे तालिकाको सातौं स्थानमा छ।

 

प्रकाशित मिति: ०९:३५ बजे, बुधबार, मंसिर १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्