Kathmandu Press

बोलेरोले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

हेटौंडा, मंसिर १ : बोलेरोले ठक्कर दिँदा हेटौंडा उपमहानगरपालिका–९ हनुमानगेटमा एक जनाको मृत्यु भएको छ।पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा–९ मा भैंसी बोकेको बोलेरोले ठक्कर...
बोलेरोले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

हेटौंडा, मंसिर १ : बोलेरोले ठक्कर दिँदा हेटौंडा उपमहानगरपालिका–९ हनुमानगेटमा एक जनाको मृत्यु भएको छ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा–९ मा भैंसी बोकेको बोलेरोले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो। मकवानपुरको कैलाश गाउँपालिका–४ कालिकाटारका २४ वर्षीय अविरल रिजालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

Hardik ivf

पथलैयाबाट हेटौंडातर्फ आउँदै गरेको ना ३ च ११९३ नम्बरको बोलेरोले विपरित दिशाबाट गइरहेको ना ३४ प ६०४४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ।

घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रवक्ता प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले बताए।

प्रकाशित मिति: ०८:१५ बजे, बुधबार, मंसिर १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्