रानीपोखरीको बालगोपालेश्वर मन्दिरको शिखर शैलीमा पुनर्निर्माण सुरु
काठमाडौं, भदौ १ : रानीपोखरीको बालगोपालेश्वर मन्दिरको परम्परागत शिखर शैलीमा पुनर्निर्माण कार्य सुरु भएको छ।
असार २४ गते राष्ट्रिय पुनर्निर्मा....

काठमाडौं, भदौ १ : रानीपोखरीको बालगोपालेश्वर मन्दिरको परम्परागत शिखर शैलीमा पुनर्निर्माण कार्य सुरु भएको छ।
असार २४ गते राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसँग ठेक्का सम्झौता गरेसँगै निर्माण कम्पनी सीए र तुलसी कन्ट्रक्सन जेभीले मन्दिर पुनर्निर्माण सुरु गरेको हो।
मन्दिर पुनर्निर्माणका क्रममा मूल मन्दिर वरिपरि यसअघि राखिएको क्रंकिटको टाइबिम फुटाएर फलामे रड निकाल्न थालिएको छ। फलामे रड हटाएर चुनासुर्की प्रयोग गरी मूल मन्दिर वरिपरिको यासेजु पुनर्निर्माण थालिएको पुननिर्माण प्राधिकरणले जनाएको छ।
सीए र तुलसी कन्ट्रक्सन जेभीका साइट इञ्जिनियर सनम श्रेष्ठले हाल दैनिक ३० देखि ३५ श्रमिकहरुले काम गरिरहेको जानकारी दिए।
रानीपोखरीको पुनर्निर्माणको अनुगमन कार्यको नेतृत्व गरिरहेका पुनर्निर्माण प्राधिकरणका सहसचिव एवं सम्पदा संरक्षण, सार्वजनिक भवन तथा पूर्वाधार महाशाखा प्रमुख शिवहरि शर्माले हालसम्मको कार्य सन्तोषजनक ढंगले अघि बढेको बताए ।
निर्माण कम्पनीले बालगोपालेश्वर मन्दिर, मन्दिरमा जाने पुल र पोखरी वरिपरिको बगैंचा पुनर्निर्माण गर्ने छ ।
पुनर्निर्माण प्राधिकरणले यी कामलाई तीव्रता दिन कालिगढहरुको संख्या बढाउन उपभोक्ता समितिलाई निर्देशन दिएको छ ।











-1784808429.png)