मुख्य प्रशिक्षक छान्न क्यानले गठन गर्यो ५ सदस्यीय समिति
कामठाडाैं, कात्तिक ३० : प्रशिक्षक बिहीन रहेको नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमको मुख्य प्रशिक्षक छान्नका लागि नेपाल क्रिकट संघ (क्यान)ले समिति गठन गरेको...
कामठाडाैं, कात्तिक ३० : प्रशिक्षक बिहीन रहेको नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमको मुख्य प्रशिक्षक छान्नका लागि नेपाल क्रिकट संघ (क्यान)ले समिति गठन गरेको छ। मंगलबार बसेको क्यानकोको बोर्ड बैठकले कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लको संयोजकत्वमा पाँच सदस्यीय छनोट समितिसमेत गठन गरेको हो।
छनोट समितिमा मल्लासँगथै कोषाध्यक्ष रोशनकुमार सिंह, रौनकबहादुर मल्ल, विनोद दास र आइसीसीका एक प्रतिनिधि रहने क्यानले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। नेपाली पुरुष क्रिकेट टिम सेप्टेम्बरदेखि प्रशिक्षकबिहीन छ।
मुख्य प्रशिक्षकका लागि क्यानले कात्तिक १ गते नै दरखास्त आह्वान गरेको थियो। त्यसमा ६० जनाले निवेदन दिएका छन्।
यसैगरी बोर्ड बैठकले वार्षिक साधारणसभा पुस १४ र १५ गते धगनढीमा गर्ने निर्णय गरेको छ। यस्तै, बैठकले प्रधानमन्त्री कप महिला तथा पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता आगामी पुसभित्र सम्पन्न गर्ने निर्णय गरेको छ।
क्यानको विधानअनुससार ४ वर्षे कार्यकाल समाप्त भएका र समाप्त हुने जिल्लाहरूमा अधिवेशन पनि माघ ७ गतेभित्र गरिसक्ने निर्णय पनि बैठकले गरेको छ।











