Kathmandu Press

जनसङ्ख्याका आधारमा मधेशीको राजनीतिक प्रतिनिधित्व हुनुपर्छ : अध्यक्ष यादव

राजविराज, कात्तिक ३० : जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकलाई शान्ति, विकास एवं समृद्धिको बाटोमा लानका लागि अहिलेको निर्वाचन प्रणालीमा सुधार...
जनसङ्ख्याका आधारमा मधेशीको राजनीतिक प्रतिनिधित्व हुनुपर्छ : अध्यक्ष यादव

राजविराज, कात्तिक ३० : जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकलाई शान्ति, विकास एवं समृद्धिको बाटोमा लानका लागि अहिलेको निर्वाचन प्रणालीमा सुधार गर्न आवश्यक भएको बताएका छन्।

जसपा नेपाल कञ्चनरूप नगर कार्यसमितिद्वारा आज सप्तरीको कञ्चनपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले भने,‘जनसङ्ख्याका आधारमा मधेसीको राजनीतिक प्रतिनिधित्व हुनुपर्छ।’ 

अध्यक्ष यादवले देशको संविधानमा समावेशी सिद्धान्तबमोजिम नै मधेशी, महिला, आदिवासी जनजाति, दलित र मुस्लिमलाई राज्यमा उचित प्रतिनिधित्वको व्यवस्था गरेको भएपनि भेदभावका कारणले सरकारी सेवामा उनीहरुको प्रवेश कम देखिएको बताए। 

Hardik ivf

दलित, मधेशी, थारु, मुस्लिम र जनजातिलाई अधिकार सम्पन्न बनाउनका लागि जसपा नेपालले सङ्घर्ष गरिरहेको उल्लेख गर्दै उनले देशमा सदियौँदेखि पछाडि पारिएका जाति समुदायको हकअधिकार अझै पूर्णरुपले स्थापित भइसकेको छैन, विभेद र उत्पीडनमा परेको ती जाति समुदायको अधिकार सुनिश्चितताको लडाइँ निरन्तर जारी नै रहेको बताए। 

उनले भने,‘भूमि व्यवस्था वैज्ञानिक नभएसम्म किसान आर्थिकरुपले सबल हुन सक्दैन्। यसका लागि आफ्नो पार्टीले प्रयत्न जारी राखेको छ।’ बेमौसमी वर्षाबाट क्षति भएका किसानको राहतका लागि सरकारले साढे पाँच अर्ब रुपैयाँ बजेट छुट्याएको बताउँदै अध्यक्ष यादबले बताए।

अध्यक्ष यादवले देशमा सङ्घीयता, गणतन्त्र, समावेशीतासहितको व्यवस्था स्थापनामा जसपाको अग्रणी भूमिक रहेको उल्लेख गर्दै स्थानीय सरकारदेखि संसद र राज्यको  शासन र प्रशासनसम्म मधेशी, आदिवासी जनजाति, थारु, दलित, मुस्लिम, महिला, अल्पसङ्ख्यक समुदायको प्रतिनिधित्वको सुनिश्चित सङ्घीय प्रणालीकै कारण भएको प्रष्ट पारे।

लोकतन्त्रको रक्षा गर्ने दायित्व समाजवादी पार्टीको भएको बताउँदै उनले मधेशमा ठूलो जनसङ्ख्या अहिले पनि नागरिकताबाट वञ्चित रहेको बताउँदै उनले उनीहरुलाई नागरिकता दिलाउन नागरिकता ऐन संशोधन हुन आवश्यक रहेको बताए।

प्रदेश नं २ का अर्थमन्त्री शैलेन्द्र साहले पार्टी प्रवेशले जिल्ला र सङ्गठनमा थप ऊर्जा आएको बताए।

सो अवसरमा पार्टीमा प्रवेश गर्नेहरुलाई अध्यक्ष यादवले स्वागत गरे।

प्रकाशित मिति: २१:१५ बजे, मंगलबार, कात्तिक ३०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्