कैडा खेलिरहेकाे अवस्थामा ११ जना पक्राउ

तनहुँ, कात्तिक ३० : तनहुँको म्याग्दे गाउँपालिका–४ फलाम्दीबाट ११ जना कौडा खेलिरहेको अवस्थामा पक्राउ परेका छन्। कौडा खेलिरहेको अवस्थामा प्रहरीले आज ११ जनालाई पक्राउ गरेको हो।
खड्कबहादुर आलेको घरमा कौडा खेलिरहेका भरत आले, डिलबहादुर आले, लीलाबहादुर थापा, अनिल थापा, राजकुमार आले, ज्ञानबहादुर थापा, गजेन्द्र थापा, शङ्करबहादुर थापा क्षेत्री, रुपनारायण मल्ल र भीमसेन नारायण श्रेष्ठलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सनाले जानकारी दिए। प्रहरीले १६ थान कौडा र नगद ४५ हजार ३२० रूपैयाँ बरामद गरेको प्रहरीले जनाएको छ। पक्राउ परेकालाई आजै जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको जनाइएको छ।
प्रकाशित मिति: १९:१४ बजे, मंगलबार, कात्तिक ३०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![यातायात कार्यालयमा सेवाग्राहीको भिड [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_e5165121-1783068187.jpg)

