Kathmandu Press

चार राजनीति दल र छ वडाध्यक्षद्वारा नगरपालिकाको कार्यक्रम बहिष्कार

चार राजनीति दल र छ वडाध्यक्षद्वारा नगरपालिकाको कार्यक्रम बहिष्कार

काठमाडाैं, कात्तिक ३० : टोखा नगरपालिकाले आज सद्भाव व्याङ्क्वेटमा आयोजना गरेको नगर स्मारिका विमोचन, सम्मान एवं सार्वजनिक सुनुवाइ कार्यक्रमलाई चार राजनीति दल एवं छ वडाध्यक्षले बहिष्कार गरेका छन्। 

विधि र पद्दति मिचेर कार्यपालिका बैठकमा बहुमत वडाध्यक्षलाई जानकारी नै नगराई बैठक आह्वान गरेको भन्दै नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र विवेकशील साझा पार्टीले कार्यक्रम बहिष्कार गरेको नेकपा (एकीकृत समाजवादी) टोखा नगर समितिका अध्यक्ष एवं टोखा वडा नं ९ का वडाध्यक्ष जोगप्रसाद नेपालले बताए।

Hardik ivf

'राजनीतिक पूर्वाग्रहका आधारमा नगरभित्रका राजनीतिक दललाई निषेध गरेर कार्यक्रम तय गरेकाले हामीले कार्यक्रम बहिष्कार गरेका हौँ,' उनले भने।

नेपाली कांग्रेस टोखा नगरपालिकाका सभापति ओमकृष्ण विमलीले आगामी निर्वाचनलाई प्रभावित गर्ने मनसायले कार्यक्रम राखिएकाले आफूहरूले उक्त कार्यक्रम बहिष्कार गरेको बताए। 'नगरको कोषलाई मनपरी ढङ्गले भोजभतेरमा खर्च गरिएकाले हामी कार्यक्रममा सहभागी नभएका हौँ,' उनले भने। कूल ११ वडा रहेको टोखामा छलफलबिना नै कार्यक्रम आयोजना गरिएको भन्दै छ वडाध्यक्षले कार्यक्रम बहिष्कार गरेका छन्। कार्यक्रम बहिष्कार गर्नेमा वडा नं २ का वडाध्यक्ष दीपकराज जोशी, वडा नं ३ का सिंहराज श्रेष्ठ, वडा नं ६ का महेश्वर केसी, वडा नं ८ का केशवबहादुर खत्री, वडा नं ९ का जोगप्रसाद नेपाल र वडा नं ११ का वडाध्यक्ष उत्तम अधिकारी रहेका छन्नुर।

नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले सबैको सल्लाह र छलफलमा कार्यक्रम तय गरेको बताए। विभिन्न राजनीतिक दलले बैठक बहिष्कार गरेर टोखाको विकासमा अवरोध गर्न खोजेको उनकाे भनाइ थियो।

प्रकाशित मिति: १९:०८ बजे, मंगलबार, कात्तिक ३०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्