Kathmandu Press

छुट्टा छुट्टै स्थानमा तीनजना मृत अवस्थामा फेला 

काठमाडौं, कात्तिक ३० : काठमाडौंको कीर्तिपुर नगरपालिका ४ पुष्पलाल पार्कस्थित जंगलमा पहिचा नखुलेका एक पुरुष मृत अवस्थामा भेटिएका छन्। करिब ५० वर्षीय पुरुष मंगलबार...
छुट्टा छुट्टै स्थानमा तीनजना मृत अवस्थामा फेला 

काठमाडौं, कात्तिक ३० : काठमाडौंको कीर्तिपुर नगरपालिका ४ पुष्पलाल पार्कस्थित जंगलमा पहिचा नखुलेका एक पुरुष मृत अवस्थामा भेटिएका छन्। करिब ५० वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका हुन्।

काभ्रेको पनौती नगरपालिका १० का २५ वर्षीय गणेश बहादुर कार्की सोही ठाउँको पावरहाउसस्थित सडक नजिक मृत अवस्थामा फेला परेका छन्। विगत ३ दिनदेखि हराएका उनको खोजी गर्नेक्रममा मंगलबार शव फेला परेको हो। 

Hardik ivf

यसैगरी काभ्रेको बनेपा नगरपालिका ९ सागर ग्याँसस्थित सडकको नालामा सोही नगरपालिकास्थित च्याउ कृषि फर्ममा काम गरी बस्ने मोरङ बेलबारी घर भएकी ४० वर्षीया शान्ता बिक मंगलबार मृत अवस्थामा फेला परेकी छन्। 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति: १८:४५ बजे, मंगलबार, कात्तिक ३०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्