सवारीको कुम्भमेला भदौ १० देखि काठमाडौंमा
काठमाडौं, भदौं १ : बिक्रेता र प्रयोगकर्ताहरु जोड्ने सवारीको कुम्भमेला नाडा आटो शो आगामी भदौ १० देखि काठमाडौंमा हुने भएको छ।
छ दि....
काठमाडौं, भदौं १ : बिक्रेता र प्रयोगकर्ताहरु जोड्ने सवारीको कुम्भमेला नाडा आटो शो आगामी भदौ १० देखि काठमाडौंमा हुने भएको छ।
छ दिनसम्म चल्ने मेलामा ६८ विभिन्न कम्पनीका विभिन्न ब्रान्डले सहभागिता जनाउने भएका छन् । नाडा अटोमोवाईल्स एशोसिएशन अफ नेपालले प्रर्दशनीमा २३ वटा ब्राण्डका चार पाङ्ग्रे, १९ वटा ब्रान्डका दुई पाङ्ग्रे १२ वटा ब्रान्डका लुब्रिकेन्ट, ९ वटा ब्राण्डका टायर ५ वटा ब्रान्डका ब्याट्रि १४ वटा पार्टपूर्जा एबम् ग्यारेज उपकरणका ब्रान्डहरुले सहभागिता जनाउने नाडाका अध्यक्ष शम्भु दाहालले आईतबार पत्रकार सम्मेलनमा जानकारी दिए।
अध्यक्ष दाहालका अनुसार विशाल प्रर्दशनीमा अवलोकनकर्ताहरुको सुविधालाई ध्यानमा राखी २ पाङ्ग्रे, वित्तिय संस्था अटो कम्पोनेन्ट््स् ग्यारेजको छुट्टै प्रदर्शन गरिने छ। नाडा अटो शो २०१९ को सम्पूर्ण तयारी पुरा भएको समेत दाहालले जानकारी दिए।
नाडा अटो शोमा सवै ब्रान्डले नयाँ नयाँ गाडी तथा मोटरसाइकल लञ्च गर्ने तयारी समेत गरेका छन् । नाडा अटो शोले नेपालमा अर्थतन्त्रलाई चलायमान गराउने दावी आयोजकको छ।
नाडाले पार्किङ सुविधाको लागि अस्थाइ आकाशे पुलको निर्माण पनि गरिने जनाएको छ । ६ दिनसम्म चल्ने नाडा अटो शोमा लगभग ७५ हजारले अबलोकन गर्ने नाडाको अनुमान छ।
प्रर्दशनी अवलोकनका लागि गत वर्षझै विद्यार्थिलाई १ सय ५० रुपैयाँ र अन्य अवलोकन कर्तालाई २०० रुपैया प्रवेश लाग्ने छ ।











-1784808429.png)