Kathmandu Press

पोखराका प्रमुख गन्तव्य घुम्न ‘साइटसिन बस’ सञ्चालन

पोखरा, कात्तिक ३० : कोरोनाको प्रभाव कम हुँदैछ। पोखरामा आन्तरिक पर्यटकको चहलपहल पनि बढ्दै गएको छ। पर्यटकीय नगरी पोखरा आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख...
पोखराका प्रमुख गन्तव्य घुम्न ‘साइटसिन बस’ सञ्चालन

पोखरा, कात्तिक ३० : कोरोनाको प्रभाव कम हुँदैछ। पोखरामा आन्तरिक पर्यटकको चहलपहल पनि बढ्दै गएको छ। पर्यटकीय नगरी पोखरा आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख रोजाइको सहर पनि हो। छोटो बसाइमा सहजरुपमा पोखरा घुम्न चाहनेलाई लक्षित गरी पहिलोपल्ट स्विफ्ट होलिडे  पोखराले ‘सिटी साइटसिन’ बस सञ्चालनमा ल्याएको छ। 

पोखराका प्रमुख आकर्षक पर्यटकीय गन्तव्यहरु घुम्न चाहने पर्यटकलाई लक्षित गरी सिटी साइटसिन र हिल हाइकिङका रुट १ र २ गरेर दुईवटा बस सञ्चालनमा ल्याएको  कम्पनिका बजार व्यवस्थापक प्रदीप भट्टले जानकारी दिए। ‘पोखरामा धेरै पर्यटक घुम्न आउँछन् तर सबैको हैसियत ट्याक्सी र अन्य गाडी रिजर्भ गरेर घुम्न सक्ने हुँदैन, हामीले त्यस्ता पर्यटक लक्षित गरेर ६ सयको प्याकेजमा घुम्ने व्यवस्था गरेका छौँ,’ उनले भने । पर्यटकले उक्त प्याकेजमा २५ सिट क्षमताका बसमा पोखराका प्रमुख पर्यटकीय गन्तव्य जानकारीसहित घुम्न पाउनेछन्। असोज १ देखि यो सेवा सुरु भएको हो। 

Hardik ivf

रुट १ को बस हल्लनचोकबाट छुट्नेछ। विन्ध्यवासिनी मन्दिरको दर्शनसँगै पर्यटकलाई चमेरे गुफा, महेन्द्र गुफा, सेती नदी हुँदै वेगनासतालको अवलोकनपछि दिवा खानामा रोकिनेछ। त्यसपछि डेभिजफल्स र गुप्तेश्वर गुफा, लेकसाइड हुँदै खपौदी गएर एक घण्टा घुमघामको लागि रोकेपछि पर्यटकलाई हल्लनचोक र फिस्टेल गेटमा छोडेर ८ घण्टाको घुमघाम प्याकेज सकिनेछ। 

रुट २ मा पोखराको स्ट्रिट नं २ फिष्टेल गेटबाट बिहान यात्रा सुरु हुनेछ। पर्यटकलाई विन्ध्यवासिनी मन्दिरको दर्शन गराएर सराङकोटको भ्यूटावर पोखराको बजारको अवलोकन गराइन्छ। पोखराको पुरानो बजार मोहोरिया टोल, भीमसेन टोल हुँदै, रातो पैह्रोस्थित बञ्जी नेपालको अवलोकनसँगै डेभिजफल्स, गुप्तेश्वर गुफा भ्रमणपछि खानको समय हुनेछ। त्यसपछि पुम्दी भुम्दीको शान्ति स्तूपा र शिव मूर्ति लगिनेछ। यात्रामा अवलोकन गर्ने ठाँउहरुको प्रवेश शुल्क र खानाको खर्च आफैँ व्यवस्था गर्नुपर्नेछ। बस टिकट इसेवाबाट र ट्राभल एजेन्सीबाट काट्न  सकिनेछ। भारतीय नागरिक र आन्तरिक पर्यटकले यो प्याकेज बढी रुचाएको भट्टले बताए।  

पोखरा दोस्रो पल्ट घुम्न आएका बुटवलका ४० वर्षीय सागर विश्वकर्माले साइटसिन बसबाट यात्रा गर्दा सस्तो र सहज भएको बताए। ‘म पहिला यता उता घुम्दा घुम्दै चार पाँच हजार खर्च भएको थियो, अहिले साइटसिनबाट एक दिनमा पोखराका घुम्नै पर्ने ठाउँहरुको अवलोकन सस्तोमा गर्न सफल भए,’ विश्वकर्माले भने । न्यून आएका भएकालाई यो प्याकेजले राहत मिलेको उनले बताए। सस्तो प्याकेजको खाना र आवासको व्यवस्था गराउन सके अझै राहत हने यात्रुको सझुाव छ। 

छोटो बसाइ र कम खर्चमा पोखरा घुम्न चाहनेलाई लक्षित साइटसिन बस सञ्चालन हुनु राम्रो भएको पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले बताए। ‘आन्तरिक पर्यटक लक्षित बसले पोखराको पर्यटनमा सकारात्मक प्रभाव पार्ने विश्वास लिन सकिन्छ,’ भट्टराईले भने।  
 

प्रकाशित मिति: १६:५२ बजे, मंगलबार, कात्तिक ३०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्