Kathmandu Press

सन् २०२२ को टि–२० विश्वकप अस्ट्रेलियाका ७ सहरमा, फाइनल मेलबर्रनमा

काठमाडौं, कात्तिक ३० : सन् २०२२ को टि–२० विश्वकप अष्ट्रेलियाका सात सहरमा आयोजना हुने भएको छ। आईसिसीकाअनुसार विश्वकपका खेलहरु अष्ट्रेलियाका एडिलेड, ब्रिसबेन, जिलोङ, होबर्ट,...
सन् २०२२ को टि–२० विश्वकप अस्ट्रेलियाका ७ सहरमा, फाइनल मेलबर्रनमा

काठमाडौं, कात्तिक ३० : सन् २०२२ को टि–२० विश्वकप अष्ट्रेलियाका सात सहरमा आयोजना हुने भएको छ। आईसिसीकाअनुसार विश्वकपका खेलहरु अष्ट्रेलियाका एडिलेड, ब्रिसबेन, जिलोङ, होबर्ट, मेलबर्न, पर्थ र सिड्नीमा खेलिने छन्।

कोरोनाका कारण रोकिएको सन् २०२०को विश्वकप २ वर्षपछि अस्ट्रेलियामा हुन लागेको हो। विश्वकप अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म चल्नेछ। प्रतियोगितामा कुल ४५ खेल हुनेछन् । फाइनल खेल मेलबर्नमा हुने आईसिसीले जनाएको छ। 

आयोजक तथा डिफेन्डिङ च्याम्पियन अष्ट्रेलिया, न्युजिल्यान्ड, भारत, अफगानिस्तान, बंगलादेश, पाकिस्तान, इंग्ल्यान्ड र दक्षिण अफ्रीकाले सुपर १२ मा स्थान पक्का बनाइसकेका छन् । सुपर १२ मा ४ टिम पहिलो चरणबाट आउने छन्। 

ग्लोबल छनोटबाट आउट ४ टिमसहित वेस्टइन्डिज, श्रीलंका, नामिबिया र स्कटल्यान्डले पहिलो चरणमा प्रतिस्पर्धा गर्ने छन् ।

प्रकाशित मिति: १५:५२ बजे, मंगलबार, कात्तिक ३०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्