Kathmandu Press

उत्पादन बढेपछि किबीको मूल्य घट्यो

गलकोट, कात्तिक ३० : बागलुङ जिल्लाको बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाले वार्षिक १० हजार केजी किबी उत्पादन गरेर बजार पठाउँछन्। जिल्लामा पहिलो पटक किबीको...
उत्पादन बढेपछि किबीको मूल्य घट्यो

गलकोट, कात्तिक ३० : बागलुङ जिल्लाको बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाले वार्षिक १० हजार केजी किबी उत्पादन गरेर बजार पठाउँछन्। जिल्लामा पहिलो पटक किबीको व्यावसायिक उत्पादन थालेका उनले जिल्लामा किबी जागरणनै ल्याएका छन् । अहिले जिल्लाको पालिकास्तरमा मात्रै हैन प्रत्येक गाउँगाउँमा किबीखेती भइरहेको छ।

नगदेबालीको रुपमा रहेको किबीलाई फलको राजासमेत भनिँदै आइएको छ। जिल्लामा एक दशकदेखि व्यावसायिक खेतीगर्न थालिएको किबीको अहिले लहर नै चलेको छ तर जिल्लामा हचुवाको भरमा खेती गर्नाले फल भने सानो लाग्ने गरेको छ। 

गाउँ–गाउँमा धेरै थोरै किबीको उत्पादन हुँदा मूल्यमा भने गिरावट आएको छ। उनले किबीको मूल्य सुरुमा एक हजार भए पनि अहिले मूल्य घटेर तीन÷चार सयप्रति केजीमा सीमित भएको बताए। पाइजाको अनुसार गुणस्तरीय किबी उत्पादन भएमा अहिले पनि प्रतिकेजी ६०० रुपैयाँमा बिक्री हुँने उनको भनाइ छ।

Hardik ivf

‘खेती गर्ने किसान त बढेका छन् त्यसैले उत्पादन बढेर पनी बजारको मूल्य घटेको हो तर गुणस्तरीय किबी अझै उत्पादन हुनसकेको छैन, बागलुङमा विदेशमा फल्ने किबी र यहाँ फल्ने किबीमा धेरै फरक छ,’ अध्यक्ष पाइजाले भने, ‘एकीकृत उत्पादन गर्ने र एउटा ब्राण बनाएर बेच्ने भने मात्रै मूल्य पाइन्थ्यो, हाम्रो छरिएको उत्पादन र छरिएको बजारले गर्दा समस्या भएको हो तैपनी किसानको किबीप्रतिको मोहो राम्रो छ।’ उनका अनुसार प्राविधिकको सल्लाह बमोजिम किबीको बिरुवाको काटछाट र मलजल गर्न आवश्यक रहेको बताए। 

उनले २५ रोपनीमा १० वर्षदेखि किबीखेती गर्दै आएका छन्। यस्तै काठेखोला गाउँपालिका–७ का वडध्यक्ष  प्रेम लामिछाने परीक्षणका लागि लगाइएको किबीका बिरुवाले दुईवर्षदेखि उत्पादन दिन थालेको बताए। उनले दुई रोपनी जग्गामा लगाएको ३० किबीका बोटले गत वर्षदेखि उत्पादन दिनथालेपछि किबी खेतीको विस्तार गर्ने योजनामा छन्।

उनले भने, ‘मैले व्यावसायिक रुपमा नलगाएर परीक्षणको लागि मात्रै लगाएको हुँ, किबीले राम्रो उत्पादन दिन सुरु गरेको छ, गतवर्ष १०० केजी किबी बिक्री गरेको थिएँ, अहिले त्यो भन्दा बढी बिक्री गर्ने योजनामा छु ।’ पाँच वर्षअघि किबीको मूल्य प्रतिकेजी रु एक हजार थियो तर अहिले मूल्य घटेर रु ३०० मा झरेको छ । लामिछानेको भनाइ छ।

सिगानामा पहिलो पटक किबीखेती भित्र्याएका पूर्व शिक्षक अनन्तबहादुर खड्काले यसवर्ष उत्पादन घटेको बताए। आठ वर्षदेखि किबीखेती गर्दै आएका खड्काले यसवर्ष किबीको बिरुवा काटछाँट गर्न नपाउँदा समस्या भएको बताए। उनी यसवर्ष जम्मा ३०० केजी किबी बजार पठाउने तयारीमा छन्। खड्काले पनि भनेजस्तो मूल्य नपाएको गुनासो गरे।

उनले गतवर्ष उत्पादन गरेका किबीलाई पोखरामा बजारीकरण गरेको जानकारी दिए। यस्तै जिल्लाको ताराखोला, दूलिभाटी, निसीखोला बजार, बलेबा र जैमिनीलगायतका क्षेत्रमा समेत किबी खेतीप्रति किसानको आर्कषण रहेको छ। सिगानाकै हरिबहादुर जिसीले पाँच वर्षदेखि आफ्नो कृषि फर्ममा किबी उत्पादन गर्दै आएका छन्। कृषि क्षेत्रको जागिरे जीवन अवकासपछि उहाँले गाउँमै कृषि तथा पशुपक्षी फर्म सञ्चालनमा ल्याएका छन्।  

किबीको बिरुवा बढ्दै गएपछि झालमा परिणत हुँने गरेको छ। किसानले झाललाई राम्रो थाँक्रो हाल्नसके मात्रै किबीको राम्रो उत्पादन हुन्छ। जिल्लामा उत्पादन भएको किबीको फल सानो भएकाले मूल्यमा गिरावट आएको व्यापारी बताउँछन्। 
 

प्रकाशित मिति: १४:२४ बजे, मंगलबार, कात्तिक ३०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्