Kathmandu Press

छोटी भन्सार कार्यालय बन्द हुँदा तस्करी बढ्यो

सर्लाही, कात्तिक ३० : द्वन्द्वको बहना देखाएर सुरक्षा खतरा भन्दै बन्द गरिएका जिल्लाका छोटी भन्सार कार्यालय अझैँ पनि सञ्चालनमा आएका छैनन् । एकाउन्न किलोमिटर...
छोटी भन्सार कार्यालय बन्द हुँदा तस्करी बढ्यो

सर्लाही, कात्तिक ३० : द्वन्द्वको बहना देखाएर सुरक्षा खतरा भन्दै बन्द गरिएका जिल्लाका छोटी भन्सार कार्यालय अझैँ पनि सञ्चालनमा आएका छैनन् । एकाउन्न किलोमिटर भारतसँग पत्यक्ष खुला सीमा जोडिएको सर्लाहीमा सातवटा छोटी भन्सार कार्यालय थिए।

मलङ्गवाबाहेक अहिले अरु छोटी भन्सार कार्यालय बन्द रहेका कारण साना व्यापारी मारमा परेका छन्। जिल्लाका साना व्यापारीले छोटी भन्सारको बाटो भएर सामान्य र सानो परिमाणमा सामान ल्याउनु पर्दा पनि भन्सार बुझाउन मुख्य भन्सार कार्यालयमै पुग्नुपर्ने बाध्यता छ भने त्यसको प्रत्यक्ष फाइदा तस्करले उठाइरहेका छन्। 

जिल्लामा सातवटा छोटी भन्सार कार्यालय बन्द हुँदासमेत सरोकार निकाय मौन छ । भारतसँग खुल्ला सिमाना जोडिएको जिल्लाको ५१ किलोमिटरभित्र मलङ्गवासहित सङ्ग्रामपुर, पर्सा, त्रिभुवननगर, भाँडसर, फेन्हरा, बारा उद्योरण र बलरा छोटी भन्सार कार्यालय भए पनि ती अहिले बन्द छन्।

Hardik ivf

भन्सार कार्यलय बन्द हुँदा तस्करी मौलाएको र राजस्व पनि कम उठ्न थालेको जानकारले बताएका छन्। केही व्यापारी आफ्नो सामानको राजस्व तिर्न जिल्ला भन्सार कार्यालय नै पुग्ने गरेका भए पनि धेरैले राजस्व नतिर्ने गरेको पाइएको छ। पछिल्लो समयमा त्रिभुवननगर र बलरामा रहेका छोटी भन्सार कार्यालय सञ्चालनमा ल्याइए पनि कार्यालय सहयोगी मात्र रहेका कारण राजस्व उठ्न सकेको थिएन।

माथिल्लो तहबाट छोटी भन्सार सञ्चालनका लागि कुनै निर्देशन नआएको र आफूहरुले मात्रै निर्णय गरेर कार्यालय खुलाउन सक्ने अवस्था नरहेको जिल्ला भन्सार कार्यालयका कार्यालय प्रमुख राजेश दत्तले बताए। मुख्य भन्सार नाका बाहेक सबै नाका बन्द छन् भने छोटी भन्सार कार्यालय तत्कालै सञ्चालनमा आउने अवस्था पनि छैन। सीमा क्षेत्रमा हुने गरेका तस्करीका सामान सुरक्षाकर्मीले नियन्त्रणमा लिएर  जिल्ला भन्सार कार्यालयमै बुझाउने गरेका कारण पनि छोटी भन्सार कार्यालयको खासै काम पनि नरहेको कार्यालय प्रमुख दत्तले बताए।

छोटी भन्सार कार्यालयको क्षेत्रको बाटो भएर साना व्यापारीले सामान ल्याउने र ती कार्यालय बन्द हुँदा अधिकांशले राजस्व नतिरी जाने गरेका छन्। सामान्य सामान ल्याउछौँ, राजस्व तिर्न मलङ्गवा जानुपर्छ १२÷१५ हजारको सामान ल्याउदा १२÷१५ किलोमिटर धाएर राजस्व तिर्न जानुपर्छ त्यसकारण आफूहरुले चाहेर पनि राजस्व तिर्न नपाएको एक व्यापारीले बताए।

‘राजश्व तिर्न नपाउदा सीमाक्षेत्रमा रहेका सुरक्षाकर्मीको आँखा छल्न चोर बाटो प्रयोग गर्न स्थानीय व्यक्तिलाई  केही रकम दिनुपर्छ। तब मात्र सहज हुन्छ। यसो गर्नुभन्दा भन्दा छोटी भन्सार कार्यालय खुलेदेखि सबै झन्झट सकिने थियो ।’ ती व्यापारीको गुनासो थियो।

त्रिभुवननगर सर्लाहीका सीमा नाकामध्यको सबैभन्दा चल्तीको नाका हो। सोनवरसा, सीतामाढीलगायत बजारसँग प्रत्यक्ष सम्बन्ध रहेको त्रिभुवननगरबाट दैनिक लाखौँको कारोबार हुने गरेको भए पनि सो नाकास्थित रहेको छोटी भन्सार कार्यालयका कर्माचारीले मासिक रु १०÷१२ हजार मात्र राजस्व उठेको भन्दै जिल्ला भन्सार कार्यालयमा बुझाएपछि कर्मचारीको मिलेमतोमा भन्सार छली बढेको भन्दै कार्यालय प्रमुख दत्तले उक्त छोटी भन्सार कार्यालय पनि बन्द गरिदिनु भएको छ। 

छोेटी भन्सार कार्यालय बन्द हुँदा झोलेपोके तस्करको बिगबिगी बढेको सुरक्षाकर्मीको तथ्याङ्कले देखाउछ। चालू आवको चार महिनामा जिल्ला प्रहरीले करिब रु एक करोडभन्दा बढीको भन्सार छलीको सामान नियन्त्रणमा लिएर भन्सार बुझाएको थियो तर सुरक्षाकर्मीले नियन्त्रणमा लिएका सामानको मूल्याङ्कन बढी गर्ने र भन्सारले कम गर्ने गर्दा प्रहरी र भन्सार कार्यालयको तथ्याङ्क पनि नमिलेको पाइएको छ। मलङ्गवाको गोरखकाली नाकामा जिल्ला भन्सार कार्यालय रहेको छ।
 

प्रकाशित मिति: १३:३३ बजे, मंगलबार, कात्तिक ३०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्