Kathmandu Press

दाइको हत्या अभियोगमा भाइ पक्राउ     

दाइको हत्या अभियोगमा भाइ पक्राउ     

इलाम, कात्तिक ३० : आफ्नै दाइको हत्या आरोपमा भाइ पक्राउ परेका छन् । 

३५ वर्षीय इच्छा मुखियाको चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा सन्दकपुर गाउँपालिका–१ चाँपगैरी बस्ने ३० वर्षीय चक्र मुखियालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो। 

काकाको घरमा मादक पदार्थ सेवन गरी बसिरहेको अवस्थामा सामान्य बादविवाद भएपछि चक्रले चक्कु प्रहार गर्दा इच्छाको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय इलाम र प्रहरी चौकी बन्दुकेबाट खटिएको प्रहरीले चक्रलाई चक्कुसहित पक्राउ गरेको हो। 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
 

प्रकाशित मिति: १३:१७ बजे, मंगलबार, कात्तिक ३०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्