श्री एयरलाइन्सको क्यू ४०० टर्बोप्रोप जहाज आज आउदै
काठमाडौं, भदौ १ : श्री एयरलाइन्सले नेपाली आकाशमा क्यू ४०० टर्बोप्रोप जहाज उडाउने भएको छ। श्रीको क्यू ४०० टर्बोप्रोप आज काठमाडौंंमा अवतरण गर्दै छ।
....
काठमाडौं, भदौ १ : श्री एयरलाइन्सले नेपाली आकाशमा क्यू ४०० टर्बोप्रोप जहाज उडाउने भएको छ। श्रीको क्यू ४०० टर्बोप्रोप आज काठमाडौंंमा अवतरण गर्दै छ।
नेपाली वायुसेवा कम्पनीहरूमध्ये पहिलो पटक श्रीले क्यू ४०० टर्बोप्रोप भित्र्याउन लागेकोे हो। यो सिरिजका दुइटा जहाज खरिद गरेको श्रीको दोस्रो जहाज भने अर्को साता आउँदै छ।
क्यानडियन कम्पनी क्यू ४०० टर्बोप्रोप जहाज पछिल्लो समय एसियासँगै युरोपका देशहरुमा पनि धेरै संख्यामा उडाइदैं आएको छ। नेपालमा भने श्रीले पहिलो पटक भित्र्याउन लागेको हो।
डेढ वर्षअघि टर्बोप्रोप जहाज संचालनका लागि अनुमति मागे पनि नेपाल नागरिक उड्डयन प्राधिकरणले श्री एयरलाइन्सलाई अड्को थाप्दै आएको थियो। श्री एयरलाइन्सका बजार प्रबन्धक अनिल मानन्धरका अनुसार आज बेलुकासम्म पहिलो क्यू ४०० टर्बोप्रोप जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दै छ।
एयरलाइन्सले दुइटा टर्बोप्रोप जहाजमार्फत चितवन, सिमरा, पोखरामा उडान गर्नेछ। श्रीले ल्याउन लागेको जहाज ७८ सीट क्षमताको हो।
श्री एयरलाइन्सको जहाजले आन्तरिक उडानमा थप प्रतिस्प्रर्धा बढेको छ। नयाँ जहाज थप भएसँगै बुद्ध एयर र यति एयरलाई श्री एयरलाइन्सले भाडामा प्रतिस्प्रर्धा हुन सक्ने र यात्रुलाई राहत मिल्न सक्नेछ।
हाल श्रीले चार वटा जेटमार्फत सुगम क्षेत्रमा उडान भरिहरेको छ। श्रीले केहि दिन अघि मात्रै अन्तर्राष्ट्रिय उडानको अनुमति पाएको छ।
दुई वर्ष अघि श्री एयरलाइन्सले एकै पटक तीन वटा जेट जहाज खरिद गरेर आन्तरिक उडान सुरू गरेको थियो। जसका कारण अन्य एयरलाइन्स कम्पनीहरुलाई भाडा घटाउन र सेवा विस्तार गर्न बाध्य पारेको थियो। नयाँ जहाजले पनि अन्य एयरलाइन्सलाई भाडा घटाउन बाध्य बनाउने जनाएको छ।
श्रीले हाल क्यानेडियन कम्पनी बम्बार्डियरले उत्पादन गरेका सिआरजे सिरिजका जहाजमार्फत उडान गरिहरेको छ। श्रीसँग ५० सिट क्षमताको सिआरजे २०० दुइटा र ७८ सिटको सिआरजे ७०० एउटा जहाज छन्। श्रीले भैरहवा, विराटनगर, धनगढी, नेपालगञ्ज उडान गरिरहेको छ।






