Kathmandu Press

बल्ल किलिङमा बिजुली बल्यो

ताप्लेजुङ, कात्तिक ३० : बिजुली लाइन नभएपछि अँध्यारोमा बस्दै आएको ताप्लेजुङको दुर्गम हिमाली बस्ती किलिङमा बल्ल बिजुली बत्ती बलेको छ।  मिक्वाखोला गाउँपालिका–५ पापुङमा रहेको...
बल्ल किलिङमा बिजुली बल्यो

ताप्लेजुङ, कात्तिक ३० : बिजुली लाइन नभएपछि अँध्यारोमा बस्दै आएको ताप्लेजुङको दुर्गम हिमाली बस्ती किलिङमा बल्ल बिजुली बत्ती बलेको छ।  

मिक्वाखोला गाउँपालिका–५ पापुङमा रहेको घट्टेखोला लघु जलविद्युत् आयोजना सम्पन्न भएसँगै पहिलो पटक किलिङ गाउँ उज्यालो भएको हो। स्थानीयवासी रिङ शेर्पाले गाउँमा बिजुली बलेको बताए।

Hardik ivf

सो गाउँ जिल्लाको निकै नै दुर्गम मानिन्छ। स्थानीयवासीको सक्रियतामा १५ किलोवाट क्षमताको लघुजलविद्युत् आयोजना सम्पन्न भएको उनले जाकारी दिए।  पापुङका वडाध्यक्ष डण्डु लामाले  आयोजनाबाट गाउँका ७५ घरधुरी लाभान्वित भएको बताए। 

हिमाली क्षेत्रका साथै ओसिलो भूभाग भएका कारण सौर्य ऊर्जा (सोलार बत्ती) प्रभावकारी नहुँदा हालसम्म टुकी बत्तीको उज्यालोमा निर्भर रहँदै आएका थिए। तत्कालीन संविधानसभा सदस्य पासाङ शेर्पाका उपस्थितिमा आयोजनाको शुभारम्भका अवसरमा स्थानीयवासीले भव्य नाचगान गरेर खुसियाली नै मानाएका थिए।    

आयोजना निर्माण भएपछि  त्यहाँ रहेका नेपाली कागज उद्योग सञ्चालनमा पनि सहज भएको बताइएको छ। त्यस्तै विगतदेखि नै कुटानी–पिसानी मिल सञ्चालन गर्ने सोचमा रहेका किलिङवासीको सपना पनि पूरा हुने भएको वडाध्यक्ष लामाले बताए। 

उक्त आयोजनाका लागि रु ९६ लाख र स्थानीयको श्रमदानसमेत लगानी भएको छ। लागतको कूल रकमध्ये वडा कार्यालयको अनुदान रु ४९ लाख, नाम्सालिङ सामुदायिक विकास केन्द्र (एनसिडिसी) इलामको २२ लाख, मध्यमेवा हाइड्रोपावरको सामाजिक उत्तरदायित्व विकास कोषबाट रु १५ लाख रहेको  छ।
 

प्रकाशित मिति: ११:४२ बजे, मंगलबार, कात्तिक ३०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्