Kathmandu Press

इटाली प्लेअफमा, स्वीट्जरल्यान्ड विश्वकपमा

काठमाडाैं, कात्तिक ३० : युरोपियन च्याम्पियन इटाली सन् २०२२ मा हुने कतार विश्वकपमा छनोट हुन असफल भएको छ। विश्वकपको युरोपियन छनोटअन्तर्गत सोमबार राति...
इटाली प्लेअफमा, स्वीट्जरल्यान्ड विश्वकपमा

काठमाडाैं, कात्तिक ३० : युरोपियन च्याम्पियन इटाली सन् २०२२ मा हुने कतार विश्वकपमा छनोट हुन असफल भएको छ। विश्वकपको युरोपियन छनोटअन्तर्गत सोमबार राति भएको खेलमा नर्दन आयरल्यान्डसँग गोलरहित बराबरीमा रोकिएपछि इटालीले विश्वकपमा सिधै छनोट हुने अवसर गुमाएको हो।

अब उसले ८ वर्षपछि विश्वकप खेल्न प्लेअफका साहरा लिनु पर्नेछ। इटाली छनोटको समूह सीमा अपराजित रहेपनि १६ अंक जोड्दै दोस्रो भयो। उसले छनोटका ८ खेलमा समान ४ जित र बराबरी खेल्यो।


यता, समूह सीबाट स्वीट्जरल्यान्ड विश्वकपमा छनोट भएको छ। सोमबार राति भएको खेलमा बुल्गेरियामाथि ४–० को जित निकाल्दै स्विट्जरल्यान्डले विश्वकपमा स्थान पक्का गरेको हो।

स्वीट्जरल्यान्डको जितमा नोआओकाफोर, रुवेन भार्गस, सेडरिक इटेन र रेमो फ्रिउलरले गोल गरे स्विट्जरल्यान्डको चारै गोल दोस्रो हाफमा भएको थियो।

जितपछि स्विट्जरल्यान्डले समूह ‘सी’ मा ८ खेलबाट १८ अंक जोड्यो। पराजित बुल्गेरिया ८ अंक जोडेर चौथो स्थानमा रह्यो।  इटाली १६ अंक जोडेर दोस्रो स्थानमा रह्यो।

प्रकाशित मिति: ०९:२४ बजे, मंगलबार, कात्तिक ३०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्