Kathmandu Press

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

काठमाडौं, कात्तिक ३० : भक्तपुरको मध्यपुरठिमी नगरपालिका ४ चारदोबाटोमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।आज बिहान सवा ४ बजे बागमती प्रदेश ०३-०२७...
मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

काठमाडौं, कात्तिक ३० : भक्तपुरको मध्यपुरठिमी नगरपालिका ४ चारदोबाटोमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

आज बिहान सवा ४ बजे बागमती प्रदेश ०३-०२७ प २३५३ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो। दुर्घटनामा सिन्धुपाल्चोक घर भई भक्तपुरको लोकन्थली बस्ने २९ वर्षीय प्रदीप कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ।

Hardik ivf

उनी दुर्घटनामा गम्भीर घाइते भएका थिए। उपचारका लागि मध्यपुरथिमि अस्पताल लगिएको थियो। उनको उपचारका क्रममै मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार मोटरसाइकल अनियन्त्रित भएर सडकमा राखिएको डिभाइडरमा ठोक्किएको थियो।

प्रकाशित मिति: ०८:२७ बजे, मंगलबार, कात्तिक ३०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्