ट्रयाक्टर दुर्घटनामा वृद्धाको मृत्यु, चार घाइते
सप्तरी, कात्तिक ३० : पूर्व-पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खडक नगरपालिकामा ट्र्याक्टरको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ भने चार जना गम्भीर घाइते भएका छन्।दुर्घटनामा...
सप्तरी, कात्तिक ३० : पूर्व-पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खडक नगरपालिकामा ट्र्याक्टरको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ भने चार जना गम्भीर घाइते भएका छन्।
दुर्घटनामा खडक नगरपालिका–६ की ७० वर्षीया अनारदेवी पासवानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स १ त ७०१९ नंको ट्र्याक्टर अनियन्त्रित भई स्थानीय प्रकाश साहको घरमा रहेको सैलुनमा ठोक्किएको थियो। ट्रयाक्टरको ठक्करबाट पासवान गम्भीर घाइते भएकी थिइन्। उनको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
ट्र्याक्टरको ठक्करबाट खडक नगरपालिका–९ लालपट्टिका ४५ वर्षीय श्याम ठाकुर, ३५ वर्षीय किसुनलाल ठाकुर, राजविराज नगरपालिका–९ मलेठका ३५ वर्षीय रवीन्द्र ठाकुर र खडक नगरपालिका–६ चकवाका २३ वर्षीय अर्जुन चौधरी घाइते भएका छन् ।
घाइतेको स्थानीय युनिभर्सल अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ।











![यातायात कार्यालयमा सेवाग्राहीको भिड [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_e5165121-1783068187.jpg)
