Kathmandu Press

एकादशीको अवसरमा भक्तजनद्वारा कालीगण्डकीमा स्नान

काठमाडौं, कात्तिक २९ : हरिबोधनी एकादशी पर्वको अवसरमा आज भक्तजनले कालीगण्डकी नदीमा स्नान गरेका छन् ।कालीगण्डकीको ज्याग्दीघाट, केलादीघाट, पुट्टारघाट, तातोपानीघाट, राम्दीघाट, हुँगीघाट, बालीघाट...
एकादशीको अवसरमा भक्तजनद्वारा कालीगण्डकीमा स्नान

काठमाडौं, कात्तिक २९ : हरिबोधनी एकादशी पर्वको अवसरमा आज भक्तजनले कालीगण्डकी नदीमा स्नान गरेका छन् ।

कालीगण्डकीको ज्याग्दीघाट, केलादीघाट, पुट्टारघाट, तातोपानीघाट, राम्दीघाट, हुँगीघाट, बालीघाट लगायत स्थानमा भक्तजनले स्नान गरेका हुन् । हरिबोधनी एकादशीमा कालीगण्डकीमा तामा, कुस, खरको तोरण तार्ने चलन छ । यी घाटहरुमा स्नान गर्न र मेला भर्नेको बिहानैदेखि बाक्लो उपस्थिती थियो ।

Hardik ivf

ज्याग्दीघाट, केलादीघाट र बालीघाटमा हरेक वर्ष एकादशीमा मेला लाग्छ । एकादशीको दिन सखरखण्ड, पिँडालु, तरुल र सुन्तलाको अत्यधिक व्यापार हुने गर्छ । कालीगण्डकीको महत्वपूर्ण धार्मिक स्थल केलादीघाटमा टाढा टाढबाट आएर बास बसेरै स्नान गर्ने गर्छन् । भक्तजन कमलप्रसाद अधिकारीका अनुसार एकादशीमा डोको, डालो, नाङ्लोलगायत सामग्रीको व्यापार हुने गर्छ ।

धार्मिक महत्वको कालीनदी र यसका महत्वपूर्ण घाटमा आज बिहानैदेखि स्नान गर्नेको र व्यापार गर्नेको भिड लागेको स्थानीय ओमप्रकाश रेग्मीले बताए । 

प्रकाशित मिति: १८:४६ बजे, सोमबार, कात्तिक २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्