Kathmandu Press

विभिन्न स्थानमा चारजना मृत फेला     

काठमाडौं, कात्तिक २९ : देशsf विभिन्न स्थानमा चारजना मृत फेला परेका छन्।      काठमाडौं महानगरपालिका–१४ कुलेश्वरस्थित गणेश मन्दिर नजिक हाल नाम, थर,...
विभिन्न स्थानमा चारजना मृत फेला     

काठमाडौं, कात्तिक २९ : देशका विभिन्न स्थानमा चारजना मृत फेला परेका छन्।      

काठमाडौं महानगरपालिका–१४ कुलेश्वरस्थित गणेश मन्दिर नजिक हाल नाम, थर, वतन नखुलेका करिब ३५ वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन्। 

Hardik ivf

झापाको कचनकवल गाउँपालिका–६ स्थित सेलोमा इँटाभट्टामा काम गरी बस्ने भारत रावली घर भएका ४७ वर्षीय शिव बहादुर आफ्नै ओछ्यानमा सोमबार मृत अवस्थामा फेला परेका छन्। 

धादिङको गजुरी गाउँपालिका–१ गजुरी बजारस्थित सडक मुनि खाल्टोमा सोही गाउँपालिका(४ अर्चले घर भएका ७५ वर्षीय नरेन्द्र बहादुर घिमिरे सोमबार मृत अवस्थामा फेला परेका छन्।  

तेह्रथुमको छथर गाउँपालिका–१ चारमाने बस्ने ६२ वर्षीय रत्न बहादुर गुरुङ सोही ठाउँस्थित कच्ची सडक छेउमा सोमबार मृत अवस्थामा फेला परेका छन्। 
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ। 


 

प्रकाशित मिति: १७:५९ बजे, सोमबार, कात्तिक २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्