Kathmandu Press

कास्की कांग्रेसद्वारा मतदानस्थल र उम्मेद्वार मनोनयन दर्ता मिति तय

पोखरा, कात्तिक २९ : नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत कास्कीमा हुने विभिन्न तहको अधिवेशनका लागि मतदानस्थल तोकिएको छ।अधिवेशनका लागि निर्वाचन अधिकृतका रुपमा खटिनुभएका रामचन्द्र पौडेल९आरसी०ले...
कास्की कांग्रेसद्वारा मतदानस्थल र उम्मेद्वार मनोनयन दर्ता मिति तय

पोखरा, कात्तिक २९ : नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत कास्कीमा हुने विभिन्न तहको अधिवेशनका लागि मतदानस्थल तोकिएको छ।

अधिवेशनका लागि निर्वाचन अधिकृतका रुपमा खटिएका रामचन्द्र पौडेल (आरसी) ले आज जिल्लाका पदाधिकारी, क्षेत्र र प्रदेशसभाका सभापतिसँग बैठक गरी मतदानस्थल तोकेको पार्टी प्रवक्ता नवीन सिग्देलले जानकारी दिए।

Hardik ivf

जिल्ला सभापति कृष्ण केसीको अध्यक्षतामा भएको बैंठकले जिल्ला, क्षेत्र र प्रेदशसभा अधिवेशनको अघिल्लो दिन उम्मेद्वार मनोनयन दर्ता गर्ने निर्णय गरेको छ।

प्रवक्ता सिग्देलका अनुरसार मङ्सिर ३ गते हुने प्रदेशसभा अधिवेशनका लागि २ गते, ६ गते हुने क्षेत्रीय अधिवेशनका लागि ५ गते र १० गतेको जिल्ला अधिवेशनका लागि ९ गते उम्मेद्वार मनोनयन दर्ता गर्नुपर्नेछ।

बैठकले मङ्सिर ६ गते हुने क्षेत्र १ को क्षेत्रीय अधिवेशनको मतदानका लागि मङ्सिर ३ गते हुने १ (क) को मतदानका लागि तालचोकस्थित सुभम पार्टी प्यालेस र १ (ख) को मतदानका लागि माटेपानीस्थित एसआर केसी क्याटरिङ तोकेको छ।

त्यस्तै, क्षेत्र २ को क्षेत्रीय अधिवेशनको मतदान नयाँ बजारस्थित पोखरा प्रदर्शनी केन्द्रमा हुनेछ। २ (क) को पोखरा विरौटा र २ (ख) को पोखरा चिप्लेढुङ्गा पार्टी कार्यालयलाई मतदानस्थल तोकिएको छ। क्षेत्र ३ को अधिवेशनका मतदानस्थल हेमजास्थित पार्टी कार्यालयलाई तोकिएको छ। ३ (क) का लागि हेमजास्थित पार्टी कार्यालय र ३ (ख) का लागि नागडाँडास्थित पार्टी कार्यालयलाई तोकिएको छ।

मङ्सिर १० गते हुने जिल्ला अधिवेशनको मतदान पोखराको नयाँ बजारस्थित प्रदर्शनी केन्द्रमा हुने पार्टीले जनाएको छ।

प्रकाशित मिति: १७:२९ बजे, सोमबार, कात्तिक २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्