लागुऔषधसहित तीनजना पक्राउ
काठमाडौं, कात्तिक २९ : लागुऔषधसहित तीनजना पक्राउ परेका छन्।काठमाडौं चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट करिब १ केजी अवैध लागूऔषध गाँजाको धुलो सहित मकवानपुर थाहा नगरपालिका–८ बस्ने...
काठमाडौं, कात्तिक २९ : लागुऔषधसहित तीनजना पक्राउ परेका छन्।
काठमाडौं चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट करिब १ केजी अवैध लागूऔषध गाँजाको धुलो सहित मकवानपुर थाहा नगरपालिका–८ बस्ने ३२ वर्षीय अरुण सिंह ठकुरीलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ।
त्रिशुलीबाट काठमाडौंतर्फ आउँदै गरेको प्र३–०१–००५ ख ९९४७ नम्बरको बसलाई नागढुङ्गास्थित चेक प्वाईन्टमा महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले जाँच गगर्दा अरुणलाई लागूऔषध सहित फेला पारेको हो।
मोरङको विराटनगर महानगरपालिका–१६ दरैयाबाट नियन्त्रित लागूऔषध २ सय ८४ ट्याब्लेट नाईट्राभेट, ७७ एम्पुल डाइजेपाम, ७७ एम्पुल लुपिजेसिक र २३ एम्पुल एभिल सहित गोरखा सहिद गाउँपालिका–७ बस्ने २२ वर्षीय मनिष श्रेष्ठलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ।
भारतबाट नेपालतर्फ आउँदै गरेका मनिषलाई इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
कास्कीको पोखरा महानगरपालिका–११ काउडाँडा बस्ने गोबिन्द खत्रीलाई ३ केजी अवैध लागूऔषध गाँजा सहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ। उनको घरमा लागूऔषध गाँजा राखेको छ भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले तलासी गर्नेक्रममा कोठाभित्र गुन्द्रीमा सुकाई राखेको अवस्थामा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो।
महोत्तरीको जलेश्वर नगरपालिका–७ बस्ने ४२ वर्षीय सागर दासको घरबाट ४३.५ किलो लागूऔषध गाँजा आइतबार दिउँसो प्रहरीले बरामद गरेको छ। सागरले घरमा गाँजा लुकाइराखेको छ भन्ने सूचनाका आधारमा प्रहरी खटिएको थियो।
जिल्ला प्रहरी कार्यालय महोत्तरी र सशस्त्र प्रहरी बल बिओपि जलेश्वरबाट खटिएको संयुक्त प्रहरी टोलीले उनको घर तलासी गर्दा कोठाभित्र प्लाष्टिकको पोका पारी गहुँको भुस्साले छोपी राखेको अवस्थामा उक्त लागूऔषध फेला पारी बरामद गरेको हो। हाल फरार रहेका सागरको प्रहरीले खोजी गरिरहेको छ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।











![यातायात कार्यालयमा सेवाग्राहीको भिड [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_e5165121-1783068187.jpg)
