Kathmandu Press

सवारी दुर्घटनामा प्युठान र झापामा एकएक जनाको मृत्यु     

काठमाडौं, कात्तिक २९ : सवारी दुर्घटनामा प्युठान र झापामा एकएक गरी दुईजनाको मृत्यु भएको छ।प्युठानको मल्लरानी गाउँपालिका–३ मुनडाँडास्थित सडकमा लु१ज १९९२ नम्बरको जिप सडकबाट...
सवारी दुर्घटनामा प्युठान र झापामा एकएक जनाको मृत्यु     

काठमाडौं, कात्तिक २९ : सवारी दुर्घटनामा प्युठान र झापामा एकएक गरी दुईजनाको मृत्यु भएको छ।

प्युठानको मल्लरानी गाउँपालिका–३ मुनडाँडास्थित सडकमा लु१ज १९९२ नम्बरको जिप सडकबाट करिब १ किमि तल खसेर सोमबार बिहान दुर्घटना हुँदा जिपका चालक सोही गाउँपालिका बुकेनी बस्ने ३६ वर्षीय गोरख बहादुर पुनको घटनास्थलमै मृत्यु भएको छ।

Hardik ivf

दुर्घटनामा गम्भीर घाइते भएका सहचालक सोही नगरपालिका–५ ढुङगेठाटी बस्ने २२ वर्षीय दिनेश नेपालीलाई जिल्ला अस्पताल बिजुवार हुँदै थप उपचारको लागि बुटवलतर्फ रिफर गरिएको छ । 

झापाको शिवसताक्षी नगरपालिका–(१० माइधार चोकस्थित सडकमा को१च ७४१६ नम्बरको स्कोरपियोको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७० वर्षीया ललिता कटुवालको सोमबार बिहान घटनास्थलमै मृत्यु भएको छ। स्कारपियो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

दुवै दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 
 

प्रकाशित मिति: १७:०६ बजे, सोमबार, कात्तिक २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्