Kathmandu Press

मियाँको हत्यामा संलग्न रहेको आरोपमा पाँचजना पक्राउ     

मियाँको हत्यामा संलग्न रहेको आरोपमा पाँचजना पक्राउ     

झापा, कात्तिक २९ : गौरादह नगरपालिका–५  बस्ने ४६ वर्षीय मबेसिर हुसेन मियाँको धारिलो हतियार प्रहार गरी हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा गौरादह नगरपालिका–५ बस्ने ३१ वर्षीय महम्मद सद्दाम, उनकी पत्नी २८ वर्षीया सुमेरन खातुन, सोही ठाउँ बस्ने २६ वर्षीय महम्मद सुलेमान, उनकी पत्नी २२ वर्षीया रुक्सार खातुन र सोही ठाउँ बस्ने ३८ वर्षीया कुर्समान खातुन रहेका छन्। 

Hardik ivf

मबेसिर हुसेन कात्तिक ११ गते बिहानदेखि हराएको भन्ने खबर १४ गते प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले कात्तिक २६ गते महम्मद सद्दामको घर तलासी लिने क्रममा उनको घरबाहिर रहेको सेफ्टी ट्याङ्कीभित्र हत्या गरी कम्बलमा पोको पारेर फालिएको अवस्थामा उनको शव फेला परेको थियो।

थप अनुसन्धानका क्रममा व्यक्तिगत रिसइबीको कारण मबेसिर हुसेनको हत्या गरेको खुल्न आएपछि उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो। घटनामा प्रयोग भएको धारिलो हतियार दाउ, छुरी र घन (मार्तोल) लगायत चिजवस्तुसमेत प्रहरीले बरामद गरेको छ। 

उनीहरू उपर कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत झापाबाट म्याद थप अनुमति प्राप्त गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। 
 

प्रकाशित मिति: १६:५९ बजे, सोमबार, कात्तिक २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्